काठमाडौं । काठमाडौंमा आइतबार सम्पन्न अखिल नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेलाले अध्यक्षमा कमल चौधरीलाई निर्वाचित गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष अध्यक्ष मोहन वैद्य‘किरण’ले शनिबार उद्घाटन गरेको महासंघको राष्ट्रिय भेलाको बन्द सत्र आइतबार सम्पन्न भएको छ । सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा पवन मान श्रेष्ठलाई निर्वाचित गरेको छ भने महासचिवमा नगेन्द्र राईलाई निर्वाचित गरेको छ ।
भेलाले सचिवमा केवी फुदोङलाई निर्वाचित गरेको छ भने कोषाध्यक्षमा निल पुनलाई निर्वाचित गरेको छ । सचिवालय सदस्यहरुमा निमा लामा, गोर्की श्रेष्ठ, शुभचन्द्र राई, रामजी चौधरी, भीमश्रीस मगर, खगेन्द्र छन्त्याल, टेकबहादुर मास्की, सोनम याङ्की भेलाबाट निर्वाचित भएका छन् भने सदस्यहरुमा सुरेश तामाङ, पदम तामाङ, गौरव राई, गंगा राई, अछ्मीत चौधरी, शिवा थारु, कमल घर्ती, श्रीकृष्ण सुलु, राजेन्द्र रंजित, योगेन्द्र राजवंशी, आशिष सुनुवार, शेरबहादुर इङ्नाम, तिलक थापा, प्रेम राई, रामु गन्गाई, प्रेमिका याख्खा, पार्वती गुरुङ, बिबि याम्फू राईलगायत निर्वाचित भएका छन् । भेलाले ३९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको नवनिर्वाचित अध्यक्ष कमल चौधरीले जानकारी दिए ।