कुनमिङदेखि बेइजिङसम्मको चीन भ्रमण : एक अनुभूति

प्रकाशित मिति : २०७३ मंसिर २६

- रामसिंह श्रीस

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले २०७३ मंसिर ६ देखि १५ (२१ नोभेम्बर–३० नोभेम्बर २०१६)सम्म दक्षिण एसियाका लेफ्ट विङ पार्टीहरुको क्याडर ट्रेनिङ क्लासको आयोजना गरेको रहेछ । त्यस अनुसार नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पार्टीहरुलाई २÷२ जना पार्टी क्याडरहरु पठाउन भनिएको रहेछ । त्यहि निम्तो अनुसार म र कमरेड दिनेश शर्मालाई उक्त कार्यक्रममा भाग लिन हाम्रो पार्टीले पठायो । नेपालको प्रतिनिधिका लागि २० नोभेम्बरको दिन काठमाडौंबाट कुनमिङको उडान थियो । कुनमिङमा नेपालबाट नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले), भारतबाट भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी), भारतीय कम्युनिष्ट पार्टी र अल इन्डिया फर्वाड ब्लक, बंगलादेशबाट बंगलादेश वर्कर्स पार्टी र बंगलादेश कम्युनिष्ट पार्टी र श्रीलंकाबाट व्ख्ए र ःभ्ए का प्रतिनिधिहरु भेट भयांै । त्यहाँ हामीलाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको एसिया ब्युरोको डेप्युटी डाईरेक्टर वाङ जेङ्ग (ध्बलन श्जभलन) ले स्वागत गर्नुभो । उहाँको नेतृत्वमा दोभाषेसहित अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो । हामीलाई उहाँले रिशेप्सन म्यानुअल दिनुभयो र म्यानुअल अनुसार हाम्रा कार्यक्रमहरु सुरु भयो ।

हामीलाई ऐतिहासिक स्थलहरु, अल्पसंख्यक जातिहरु बस्ने स्थानहरु, विकास निर्माणका प्राजेक्टहरु र विभिन्न विषयमा गरिने रिसर्च सेन्टरहरुमा भ्रमण गराइयो । ऐतिहासिक स्थलहरुमा ः १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन भएको ठाउँ श्गलथष् (जुन सम्मेलनबाट कामरेड माओ अध्यक्ष हुनुभएको थियो र लङ मार्च सुरु भएको थियो) माओ मेमोरियल हल, फर्बिडेन सिटि(प्यालेस म्युजिएम), ग्रेट वाल आदि स्थानहरुको भ्रमण गराइयो । त्यस्तै अल्पसंख्यक बस्तीहरुमा दोङ्ग भिलेज र बेलाओ भिलेजको भ्रमण गराईयो । विकास निर्माणको क्षेत्रमा जुनयी नगर कमिटिको पार्टी स्कुल, श्जभलनबल भ्अयलयmष्अ म्भखभयिऊभलत श्यलभ, व्ष्बलाभलन भ्अययिनष्अब िँबचm, त्बयाग कृषि तथा पर्यटक क्षेत्र, त्यलनचभल एयथितभअजलष्अ ऋयििभनभ, व्ष्गाभलन ब्नचष्अबतिगचभ द्यबकभ आदिको भ्रमण गरियो । त्यसैगरी, काउन्टी, सिटी र रिसर्च सेन्टरहरु पनि भ्रमण गरियो ।

विकास निर्माणका आधारहरु व्यापक तयार पारिएको रहेछ । गाउँ गाउँमा बिकट पहाडहरुमा बाटोको सञ्जाल बनाइएको छ । बिकट गाउँहरुमा पनि उनीहरुको स्थिति अनुसार ठुल्ठूला प्राजेक्टहरु निर्माण गर्दै गरेको देखियो । भेडा फार्म, आधुनिक तरकारी खेती, फलफुल खेती, फूल व्यबसाय, नयाँ औद्योगिक क्षेत्रहरु निर्माण गर्दै गरेको देखियो । विकास निर्माणका कार्यहरु र ऐतिहासिक स्थलहरुको भ्रमण गर्नुका साथै उनीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको आठारौं केन्द्रीय समितिको छैठौं प्लेनरी सेशनले गरेका निर्णयहरुबारे जानकारी गराए । छैर्ठौ प्लेनरी सेशनको निर्णयबारे २४, २५ र २८ तारिकमा विभिन्न ठाउँमा पार्टी नेता र प्रोफेशरहरुबाट ब्रिफिङ कार्यक्रम भयो र त्यस कार्यक्रममा छलफल गर्ने अवसर पनि दिएको थियो । दक्षिण एसियामा समाजवादी आन्दोलनको विषयमा २९ र ३० तारिकमा सेमिनार र छलफल कार्यक्रमहरु भए ।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको छैठौं प्लेनरी सेशनले मुख्यतः दुुईवटा दस्तावेजहरु पारित गरेको रहेछ । ती दस्तावेजहरुमा नयाँ परिस्थितिमा पार्टीभित्रको राजनीतिक जीवनको स्पष्टता, नम्सहरुको पालाना र आन्तरिक पार्टी सुपरभिजनको नियमितता, जनवादी कन्द्रीयताको प्रयोग, पार्टी अनुशासनको पालना, भ्रष्टचारलाई निर्मुल पार्ने र कोर लिडरसिपको विकास गर्ने भन्ने कुराहरु गरिएको छ । भ्रष्टचार निर्मूल पार्ने अभियानमा उनीहरुले बाघ र झिंगा कसैलाई नछोड्ने कुरा बताए । भ्रष्टचारलाई रोक्न कडा नियमहरु बनाउने, अन्तराष्ट्रिय सम्बन्ध बढाउने, पार्टी अनुशासनलाई कडा बनाउने र ठूला साना जताततै कारबाहीको प्रक्रिया अपनाउने कुरा पनि बताए ।

‘दक्षिण एसियामा समाजवादी आन्दोलन’बारे भएको सेमिनारमा दक्षिण एसियाको तर्फबाट आठ जनाले र चीनको तर्फबाट छ जनाले कार्यपत्र प्रस्तुत गर्ने काम भयो । दक्षिण एसियामा समाजवाद कसरी स्थापना गर्ने भन्ने विषयमा सबै प्रस्तोताहरुले आ–आफ्नो पार्टीको धारणा राख्ने काम भयो । कतिपय विषयहरु फरक फरक भए पनि दक्षिण एसियामा समाजवाद स्थापना गर्न, साम्राज्यवादको विरुद्ध संघर्ष गर्न अनिवार्य भएको कुरामा भने सबैको सहमति थियो । त्यसको लागि सबै क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने कुरामा पनि जोड दिइयो ।