काठमाडौं । स्थानीय समय अनुसार बुधबार बिहान ५ बजे इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार एजेन्सीहरुले बताए अनुसार ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले कयौं घर भत्किएका छन् भने ठूलो संख्यामा घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ । सन् २००४ मा आचेमै गएको ९ दशमलव २ रेस्टर स्केलको भूकम्पपछि सुनामी गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर