सुनको मूल्य निरन्तर ओरालो, ५४ हजारबाट पनि घट्यो

प्रकाशित मिति : २०७३ मंसिर २०

काठमाडौं । केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य फेरि ओरालो लागेको छ । सुनको मुल्य सोमबार ५३ हजार ८ सयमा आइपुगेको हो । 

मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई भने राहत मिलेको छ । मंसिर महिना विवाहको मौसममा सुनको मूल्यममा गिरावट आएको हो । 

सोमबारको मूल्य पछिल्ला ९ महिनापछिकै सस्तो हो । चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।