तपाईलाई थाहा छ, औषधि हुनसक्छ, फेसबुक र ट्विटर

प्रकाशित मिति : २०७३ मंसिर १६

facebook_twitterएजेन्सी । सामाजिक सञ्जालमा लामो समय गुजार्दा मानसिक स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्न सक्छ, तर एक नयाँ अध्ययनले केही मानिसका लागि फेसबुक र ट्विटर निराशा नियन्त्रण गर्ने साधन बन्न सक्ने तथ्य पत्ता लागेको छ ।

अध्ययनका अनुसार कुनै व्यक्तिलाई स्वस्थ हुनुमा सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्न सक्छ ।

पत्रिका ‘साइबरसाइकोलोजी बिह्याभियर एण्ड सोशल नेटवर्किङ’ मा प्रकाशित अध्ययनमा सामाजिक सञ्जाल र फेसबुक र ट्विटरबीच जटिल सम्बन्ध रहेको र केहीले सामाजिक सञ्जालबाट समेत फाइदा उठाउने गरेको उल्लेख गरिएको छ ।

बेलायतको लेनकास्टर विश्वविद्यालयका डेभिड बेकर र गुईलेरमो पेरेजले गरेको अध्ययन अनुसारमा यस जटिल सम्बन्धमाथि मनोवैज्ञानिक, सामाजिक, व्यवहार तथा व्यक्तिगत कारणको प्रभाव पर्न सक्छ ।

निश्कर्षअनुसार चिकित्सकले आफ्ना विरामीलाई औषधिका सट्टा सामाजिक सपोर्ट सिस्टमको सहारा लिन सल्लाह दिएका छन् ।