biman-durghatana-f

एजन्सी । कोलम्बिया भएको विमान दुर्घटनामा परी ब्राजिलियन फुटबल खेलाडी, २१ ज्ना पत्रकारसहित ७५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परेका एक पत्रकार र दुई खेलाडीसहित ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । विद्युतीय गडबढीका कारण दुर्घटना भएको भनिएको सो विमानमा खेलाडी, पत्रकार, पदाधिकारीसहित ७२ जना यात्रु र ९ जना चालक दलका सदस्यसहित ८१ जना सवार थिए ।

दुर्घटनास्थलमा केहीलाई जिवितै भेटिएपनि चापेकोन्स फुटबल टिमका गोलकिपरसहित दुई जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । सो चार्टर्ड विमानमा चापेकोन्स फुटबल टिमका खेलाडी, पदाधिकारी, २१ जना पत्रकारसहित ७२ जना यात्रु र ९ जना चालक दलका सदस्य सवार रहेका थिए ।

विमान दुर्घटनामा ब्राजिलियन फुटबल क्लबका १९ सदस्य र २१ पत्रकारको मृत्यु भएको र एक जना पत्रकारको उद्दार गरिएको जनाइएको छ । खेलको समाचार संकलनका लागि २२ जना पत्रकार पनि कोलम्बिया गएका थिए ।

विमान दुर्घटना हुने निश्चित भएपछि विमान चालकले तेल ट्यांकी खोलिदिएपछि विमान जमिनमा खसेर पनि आगो लाग्नबाट जोगिएपछि केहीलाई उद्दार गर्न सफल भएको हो ।

चापेकोन्स फुटबल टिम मेडेलिन एथ्लेटिको नेशनल टिमसँग दक्षिण अमेरिकाको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनल खेल्नका लागि गएको थियो ।

फाइनल खेलको पहिलो लेगको खेल बुधबार हुने तय भएको थियो । विमान दुर्घटनामा ब्राजिलियन टोलीका खेलाडीसमेतको मृत्यु भएपछि खेल स्थगित भएको छ ।

चापेकोकोन्स टिमले सन् २०१४ मा ए डिभिजनमा उक्लिएपछि खेल्न लागेको यो सबैभन्दा ठूलो प्रतियोगितामा फाइनल हो । ब्राजिलका राष्ट्रपति मिशेल टेमरले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् भने स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको खेलको अभ्यास अघि १ मिनेट मौनधारण गरिएको थियो ।

plane-crashब्राजिलको सानो सहर सान्ता काटारिनाको चापेकोन्स फुटबल टिम सन् १९७४ मा स्थापना भएको हो । अहिले सो क्लब ब्राजिलका पहिलो डिभिजनको लिगमा नवौं स्थानमा रहेको छ ।

गत साता भएको खेलमा अर्जेन्टिनाको सान लोरेन्जो फुटबल क्लबलाई हराउँदै चापेकोन्स फुटबल टिम तीन वर्षमा प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो ब्राजिलियन टिम बनेको थियो । दक्षिण अमेरिकी फुटबल महासंघले यो दुर्घटनापछि आफ्ना सबै गतिविधि स्थगित गरेको जनाएको छ ।

फुटबल क्लबका उपाध्यक्ष इचान टोज्जोले भनेका छन्, ‘हाम्रो सहरमा धेरै सर्वसाधारणहरु रोइरहेका छन्, जुन हामी कल्पना सम्म गर्न सक्दैनौं ।’

दुर्घटनामा परी दुई जना फुटबललाई घाइते अवस्थामा उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भिषण दुर्घटनामा बाँच्ने दुई खेलाडीमा एलन रुश्चेल र गोलकिपर ज्याक्सन फोलमन रहेको बताइएको छ ।

दुर्घटनामा परेका खेलाडीहरु मार्कोस पाडिन्हो र आका डानिलोलाई पनि जिवितै उद्दार गरिएपनि उनीहरुको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेका फुटबल रुश्चेलले भने अस्पतालमा पनि चिकित्सकसँग कुराकानी गरेको र उनले आफ्नो विवाहको औठी हराएको र परिवारसँग भेट्न मन लागेको बताएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर