फेरि उठ्दैछ सुदूरपश्चिम वर्गसंघर्षको विगुल फुक्न

प्रकाशित मिति : २०७३ मंसिर १३

- कृष्ण बहादुर गुरुङ ‘आसमान’

हो, क्रान्तिको एक अथक योद्धा बनेर फेरि उठ्दैछ सुदूरपश्चिम । कैलाशमाथि नागवेली आकारमा लुकामारी गरिरहने पहाडहरु छिचोल्दै गर्दा, सुदूरपश्चिमका गाउँबस्तीहरुमा त्यहाँका जनतासँग उठबस गर्दै जाँदा यस्तै अनुभूतिहरुको तीव्रतामा डुबिरहेको छु म । हिमालबाट बग्ने महाकाली छिचोल्दै गर्दा दार्जुला र डोटीका बस्तीहरुले यही आव्हान गरिरहेका छन्, फेरि उठ्नुपर्छ, क्रान्तिमा जुट्नुपर्छ ।

महाकाली र साइपाल हिमालबाट बग्ने सेतीले पराई भूमिका गिद्दहरुबाट आफ्नो अस्मिता बचाउन रातदिन पहरा गरिरहेजस्तो लाग्छ । त्यो लिपुलेकले पनि मलाई ढिप्पी गरिरहेजस्तो लाग्छ, ‘म तिम्रो हुँ, मलाई तिम्रो बनाऊ, पराईको हुनबाट रोक’ । मेरो पैताला भएर बग्ने नदीहरुमा मेरा आँखाले पानी होइन, सहिदका रगत देखिरहेको छ । र, त्यो रगतले मलाई सोधेझै लाग्छ– ‘हाम्रो रगतको मूल्य खोई ?’

जब बैतडी, दार्जुला, डडेलधुरा, डोटी, बझाङका बस्तीहरुमा म पुग्छु, सहिद परिवारहरुले आफ्ना सन्तानहरुको अनुहार मेरो अनुहारमा खोजिरहेको देख्छु । उनीहरुले प्रश्न चेस्याउँछन्, ‘खोई त हाम्रो सन्तानले बगाएको रगतबाट हामीले के पायौं ? यो देशले के पायो ?’ म उहाँहरुको प्रश्नहरुको जवाफ खोज्न सहिदहरुको मार्गमा उहाँहरुकै पद्चाप पछ्याइरहेको छु ।

यी तिनै बस्तीहरु हुन्, जहाँ हामीले दशवर्षे जनयुद्ध कालमा वर्गदुश्मनका बम बारुदसँग लुृकामारी ग¥यौं, जनताको अपार माया पायौं, आफू मरेर सहयोद्धा बचाउने महान जनयोद्धा गुमायौं । आँखाभरि दृश्यहरु ताजा बनेर नाचिरहन्छन्, ‘यो शरीर ढल्यो साथी हो, लालझण्डा ढल्न नदिनु’ भन्दै जीवनको अन्तिम घडीमा सहिदहरुले गाएको गीतको सम्झनाले मुटुभरि आँट भरिएर आउँछ, मुठ्ठिहरु कसिला बन्दै जान्छन् र चिच्याएर भन्न मन लाग्छ– ‘महान सहिदहरु हो, हामी लालझण्डा ढल्न दिदैनौं, विजयको सगरमाथामा पु¥याएर फहराउनेछौं, तिम्रा अधुरा सपना, अधुरा सपना पूरा गरी छाड्ने छौं ।’

krishnna-gurungहो, गद्दारहरुले क्रान्तिलाई धोका दिए । तर हामीले आन्दोलन रोकेका छैनौं । सहिद परिवार, वेपत्ता, घाइतेहरुको पीडामाथि नून चुक दलेर प्रचण्ड–बाबुरामहरु विस्तारवाद सामु लम्पसार परेपछि माओवादी आन्दोलनमा विभाजन आयो, कैयौं नेता–कार्यकर्ताहरु विलखबन्दमा परे, निराशा, पलायन, विग्रह र विघटनले माओवादी आन्दोलनलाई थिलथिलो बनाएको छ । यो सत्यलाई जनताले राम्ररी बुझेका छन् । जनताले यो पनि बुझेको पाइयो कि विचार र राजनीतिका हिसाबले माओवादी आन्दोलनको मूलधार भनेको मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो । र, अहिले सबैले भन्छन्, माओवादी आन्दोलनको वैचारिक केन्द्र– क्रान्तिकारी माओवादी हो ।

मानसरोवर हिमालबाट बग्ने कर्णालीपारीका अपिहिमालबाटबग्ने महाकालीवारीका बस्तीहरु, जहाँ अत्याचारका विरुद्ध भिमदत्त पन्तजस्ता योद्धाहरुले आफ्नो शिर चढाएका थिए, जहा दशरथ चन्दहरु निंरकुशताका विरुद्ध हाँसीहाँसी फाँसीको फन्दामा चढेका थिए । हो, हामी ती वीरयोद्धाहरुका अनुयायी हौं ।

हामी क्रान्ति समरका यात्री हौं । हामी नयाँ जनवादी राज्यव्यवस्थाको क्षितिज चुम्न आतुर छौं । त्यो महान यात्रामा फेरि ‘मुक्ति या मृत्यु’को कसम खाएर वर्गवैरीका विरुद्ध जाइलाग्न खोज्दैछौं । गाउँ गाउँ बस्ती बस्तीहरुमा यही सन्देश बोकेर हो, म पुगिरहेको छु ती जनसमरका राता बस्तीहरुमा ।

हाम्रो पहिलो हिसाब, किताब र निशाना तिनीहरु हुनेछन्, जसले हाम्रा महान सहिदहरुको रगत भजाएर निजी सम्पत्तिको जोहो गरेका छन्, सहिदलाई पैतालामुनि कुल्चिएरछुद्र स्वार्थका पछाडि नाङ्गै दौडिरहेकाहरुलाई जनताको कठघरामा उभ्याउनै पर्दछ ।

प्रतिक्रियावादी लुटको स्वर्गको रुपमा रहेको संसदीय व्यवस्थाका विरुद्ध हामीले धावा बोल्नैपर्छ । जनतामाथि शोषण, दमन, अत्याचार, महंगी, भ्रष्टाचार, हिंसा, बलात्कारमा आधाारित त्यो राज्यव्यवस्थाको विरुद्धजनताको प्रतिरोधी क्षमतालाई माथि उठाउनै पर्दछ ।

मालेमावादी वैचारिक हतियारलाई सशक्त बनाउँदै फेरि जुर्मुराई उठ्नेछन् सीमान्तकृत वस्तीहरु । फेरि लामबद्ध हुनेछन् जनमुक्ति महाअभियानमा । अनि, मुक्त हुनेछन् संसदीय व्यवस्थाको जंजीरबाट, सँदा सदाँका निम्ति । तसर्थ, सुन्दर सुदूरपश्चिम उठ्दैछ वर्गसंघर्षको विगुल फुक्न ।