लुटिइन् बलिउड अभिनेत्री मल्लिका सेरावत

प्रकाशित मिति : २०७३ मंसिर ३

malikka-sherawatएजेन्सी । बलिउड अभिनेत्री मल्लिका सेरावतमाथि पेरिसस्थित अपार्टमेन्टअघि तीन जना व्यक्तिको समूहले कुटपिट गर्नुका साथै लुटेको छ ।

फ्रान्सको अखबार ‘ले पेरिसियन’ लाई उल्लेख गर्दै ‘टेलिग्राफ’ ले खेलेको छ ४० वर्षीय अभिनेत्री र उनका पुरुष साथीमाथि टियर ग्याँस छोड्नका लागि मुक्का प्रहार गरेका थिए ।

यो घटना केही साता अघि पेरिसमा रियलिटी टीभी स्तार किम कार्दासियनलाई पनि लुटेर समूहले हतियार देखाएर लुटेको थियो । मल्लिकामाथि भएको यो घटना भने गत शुक्रबार नै घटेको हो ।

उनी राति नौं बजेर चालिस मिनेटमा आफ्नो परिसस्थित निवासमा पुग्ने क्रममा भएको हो । घटनाबारे उनले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् । उनीहरुमाथि आक्रमण गरेर फरार व्यक्तिको खोजी कार्य जारी छ ।