argentina_s_angel_di_mariकाठमाडौं । सन् २०१८ को विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ ।

अर्जेन्टिनाको जितमा स्टार स्ट्राइकर लियोनल मेस्सीले १ गोल गरे भने दुई गोलका लागि पास मिलाइदिएका थिए ।

बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३–० गोल अन्तरले हराएको हो । 

खेलको १० औं मिनेटमा नै अर्जेन्टिनाले मेस्सीको गोलमार्फत अग्रता लिएको थियो । २३ औं मिनेटमा मेस्सीकै पासमा पार्टोले गोल गर्दै अग्रता दोब्बर पारे । 

पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि ८४ औं मिनेटमा मेस्सीकै पासमा एन्जेल डि मारियाले गोल गर्दै जित सुनिश्चित गरे । यो जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

बुधबार बिहान नै भएका अन्य खेलमा बोलिभियाले पाराग्वेलाई १–० ले हरायो भने इक्वेडरले भेनेजुएलामाथि ३–० को जित निकालेको छ । यसैगरी उरुग्वे भने चिलीसँग ३–१ ले पराजित भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर