baburam-bhattaraiगोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाइै उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

उनले लोकमान प्रकरणमा बाह्य शक्तिलाई अनावश्यक रुपमा मुछेर दलहरुले अख्तियार प्रमुख कार्कीलाई उन्मुक्ति दिन खोजेको उनको भनाई थियो ।

शनिबार गोरखा नगरपालिकाको छेवेटारमा पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लोकमानलाई ‘असनको साँढे’ भएको संज्ञा दिए ।

उनले लोकमानमाथि संसदमा पेश भएको महाअभियोगको प्रस्ताव स्वभाविक भएको बताउँदै संसदबाट महाअभियोग पारित गर्न नसके दलहरुको निकम्मापन हुने बताए ।

संवैधानिक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया संसदले गर्नुपर्ने भट्टराईको सुझाव थियो । संवैधानिक निकायका प्रमुखहरु संसदबाट नियुक्त हुने व्यवस्था भएमात्रै देश र जनताप्रति उत्तरदायी हुनसक्ने भट्टराईले बताए ।

अहिले संवैधानिक आयोगहरुमा दलहरुका मान्छे नियुक्त हुने प्रचलनले लोकमान प्रवृत्ति जन्मने गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर