कात्तिक १, २०७३ । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालयको बैठकले पार्टीका केन्द्रीय सदस्य शिव कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टी कार्यालय बुद्धनगरमा सोमबार बसेको कार्यालयको बैठकले केही समय पहिले केन्द्रीय समितिबाट निलम्बित गरिएका कट्टलले सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकोले पार्टी सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीवाट निष्काशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता हरिभक्त कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर