footballनवलपरासी । संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि आयोजना गरिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता कात्तिकमा हुने भएको छ ।

विभागीय टिमहरु सहित काठमाडौं, पोखरा, चितवन, नवलपरासी, रुपन्देही, झापा लगायतका १२ टिमको सहभागिता रहने प्रतियोगिताको कात्तिक १ गतेदेखि नवलपरासीको मध्यविन्दु नगरपालिका २ स्थित कुमारवर्ती उच्च माविको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको वन मन्त्री शंकर भण्डारीले उद्घाटन गर्नेछ । कावासोतीमा नन्दभाउजु उपभोक्ता समिति नवलपरासीले पत्रकार सम्मेलन गरी राइनो संरक्षण गोल्डगप फुटबल प्रतियोगिता कात्तिक १ गतेबाट हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयां र द्वितीय हुने समूहले १ लाख ६५ हजार ५ सय ५५ रुपैयां पुरस्कार राशी पाउने छन् ।

गैडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाहरुको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्ने लगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर