लोकदोहोरीको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

प्रकाशित मिति : २०७३ आश्विन १२

badri-pangeni-shankar-bcकाठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा लोकगायक बद्री पंगेनी निर्वाचित भएका छन् ।

प्रतिष्ठानको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । विष्णु खत्री भन्दा ३८० बढी मतले पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएका थिए भने खत्रीले ५०८ मत पाए ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड विजयी भएका छन् । महिला उपाध्यक्षमा रीता थापामगर निर्विरोध भइन् ।

यस्तै, महासचिवमा सुवास केसी र उपमहासचिवमा चोलेन्द्र पौडेल विजयी भए भने सचिवमा शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले निर्वाचित भएका छन् । राधका हमाल महिला सचिवमा निर्विरोध भएकी थिइन् । कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा टीका पुन विजयी भएकी छिन् ।

 खुला केन्द्रीय सदस्यमा शिव हमाल, पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन हमाल, हरि डाँगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई, ईश्वरीप्रसाद भुसाल, राजन गुरुङ र विनोद बाजुराली निर्वाचित भएका छन् ।

त्यस्तै महिलातर्फ सदस्य पदमा देवी घर्ती, मुना थपामगर, पूर्णकला बीसी, जमुना राना, जानकी तारमी मगर, विजयी भएका हुन् ।