cp-mainaliकाठमाडौं । माओवादी एकतामा गएका मणि थापा समूहबाट छुट्टिएको समूह सीपी मैनाली नेतृत्वको नेकपा मालेमा समाहित भएको छ ।

पुण्य गौतम ‘विश्वास’ को नेतृत्वमा पुनः गठित क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेकपा (माले) मा समाहित भएको छ ।

मणि थापाको नेतृत्वमा रहेको सो केन्द्र नेकपा (माओवादी केन्द्र) मा एकतामा गएकामा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार छाडेपछि विश्वासलगायतले एकता प्रक्रियाबाट अलग भई कम्युनिस्ट केन्द्र पुनःगठन गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव तथा प्रगतिशील राष्ट्रवादी अभियानका संयोजक पनि रहेका विश्वासले सशस्त्र युद्धमा पनि भाग लिएका थिए ।

नवप्रवेशी विश्वासलाई मालेले पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको छ । मंगलबारको सो पार्टीको बैठकमा पार्टीका महासचिव सिपी मैनालीले उनीहरुलाई स्वागत गरेका थिए । माक्र्सवाद, लेलिनवाद तथा माओ विचारधारालाई मान्दै आएको छ ।

नेता गौतमले आफूहरुलाई मालेको विचारधारा मान्य भएको र प्रगतिशील तथा राष्ट्रवादी शक्तिबीचको सहकार्यमा जोड दिए । गौतम यही भदौ २५ गते पार्टीमा समाहित हुनुभएको महासचिव मैनालीले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर