कम रेड ‘गणपति’ माके नामको सरकारी कम्युनिस्ट पार्टीका अब्बल दर्जाका ‘संस्कृतिकर्मी’ हुन् । कविता लेखनबाट माओवादी वृत्तमा उदाएका गणपति माओवादी बन्नु भन्दा पहिला एमालेका विद्यार्थी सङ्गठनका दुईआनाका कार्यकर्ता थिए । उनकै गृह जिल्ला निवासी तात्कालिन माओवादीका विद्यार्थी नेताले उनलाई एमालेबाट थुतेर माओवादीको विद्यार्थी सङ्गठनको दुईआनाका कार्यकर्तामा टीकोटालो लगाई भित्र्याए ।

लगत्तै किलोशेरा अप्रेशन थाल्यो काङ्ग्रेस सरकारले । गणपति बिच्किए । लौ मरिने भयो भनेर डरले थुरथुर काँप्दै घरतिर टाप कसे । ती माओवादी नेताले फेरी फकाई पुल्याई गरेर माओवादीमा लगाउने भन्दै सदरमुकामको नजिकै रहेको गाउँको एउटा घरमा राखेर फकाइराखेका बेला पुलिसले छापा मार्यो र कर्यापकुरूप पार्यो । सबैलाई डल्लो पारेर अड्डामा पुर्यायो र जेलमा हुल्यो । गणपति परे ठण्डाराम ।

उनलाई माओवादी बनाउने विद्यार्थी नेता सहित आधा दर्जन बढी माओवादी जेलमा परे । त्यसपछि क्रान्तिका लागि जहाँ पनि काम पाइन्छ भनेझैँ माओवादीहरू जेलभित्रै पार्टीको सङ्गठन बनाए र जनयुद्ध सुरु गरे । बाहिर जति जनयुद्ध चर्किन्छ त्यति बढि भित्र पनि चर्काएर काम गरे । गणपतिले रोदनका कविता लेखेर दिन गुजारे । अरू माओवादीहरूले जनयुद्धको काम तीव्र पारे ।

जेलभित्रको जनयुद्धको फौजी कार्यदिशा थियो, सुरुङ खनेर जेल तोड्ने । ठकुरी थरका माओवादीको कमाण्डमा सुरुङ खन्ने कार्य सुरु भयो । केही महिनापछि त्यो काम सम्पन्न भयो । अब रह्यो अन्तिम सत्ता कब्जा गर्ने । सुरुङ कमाण्डरले सबै वन्दीलाई भेला पारे । सुरुङ खन्न सहभागी भएकाहरू त योजनाप्रति परिचित नै थिए । सहभागी नभएकाहरू कमाण्डरको योजना सुनेर दङ्ग परे । गणपतिलाई पनि यो योजना सुनाइयो । गणपतिको मन दोमन भयो ।

जेल तोडेर भागौँ भने जनयुद्ध चल्दासम्म भूमिगत हुनु पर्ने बाध्यता, नभागौँ भने जेलभित्रै ठिँगुरीइराख्नु पर्ने समस्या । चोच्दासोच्दै अन्त्यमा उनले बाहिरी दुनियाँमा निस्कने निधो गरे । एकदिन उनीहरूले जेलब्रेक गरे र पार्टीको सम्पर्कमा पुगे । बाहिर निस्कएको केही बर्सपछि गणपतिले जेलमाहात्म्य लेखे र खुबै चर्चा पाए ।

बाहिरी दुनियाका गैरमाओवादी र जेलबे्रकको असली कथा थाहा नपाएका माओवादीहरूलाई उनको जेलमाहात्म्यले हो न हो जेलब्रेकका कमाण्डर गणपति नै हुन् भन्ने भ्रम पैदा भयो । जे होस् ‘लङ्का साध्ने हनुमान पगरी गुत्थ्ने ढेँडु’ भन्ने उखान साक्षात् चरितार्थ भयो । जेल तोडेका कमाण्डरहरू युद्धका कमाण्डरमा बदलिए भने गणपतिले कविता लेख्ने सङ्गठनतिरको बाटो समाए ।

पार्टीले पनि त्यतैको जिम्मा दियो । उनी त्यस क्षेत्रमा लाटो देसको गाँडो तन्नेरी भए । अब्बल दर्जाको कवि । युद्धकै क्रममा एक जना पेन्सनी प्रोफेसर माओवादीका घागडान संस्कृतिकर्मी थिए । उनलाई आलोचना गर्न पाइँदैनथ्यो प्रशंसाका क्वीन्टलका माला पहि¥याउनु पथ्र्यो । कसैले प्रशंसा गरेन भने आफैलाई पात्र बनाएर कथा उपन्यास लेखेर भएपनि आफ्नो प्रशंसा माओवादी नेता कार्यकर्ता र जनताबाट गराउँथे ।

पेन्सनी प्रोफेसर खासमा बाहिर जेजति घागडान संस्कृतिकर्मी थिए त्यति नै भित्र असंस्कृतिकर्मी थिए । त्यो कुरा उनको व्यवहारले पुष्टि गर्दै लग्यो । उनको लेखोटले पाठकमा उनीप्रति जति मायाँ र श्रद्धा जगाएको थियो, त्यति नै घृणा उनको थुतुनोले बनायो । कार्यकर्ताबाट भाग्दै भाग्दै भौँतारिएको बेला गणपतिसँग भेट भयो । सत्य युगका गणपतिले शिव पार्वतीको भक्ति आराधना गर्थे भने कलियुगका गणपतिले तिनै पेन्सनी प्रोफेसरको भक्ति आराधनामा आफूलाई लिन गराए ।

प्रोफेसरले पनि आफ्नो प्रशंसा गरेको देखेर प्रसन्न भई भक्तलाई काँधमा बोकेर हिँडे । त्यसपछि गणपति प्रोफेसरको लालजोडी बन्यो । गणपति कविबाट संस्कृतिकर्मीमा उकालो चढे । उनलाई एकजना भित्रीया सहयोगीको जरुरत प¥यो । माओवादीकै नेताको कन्यालाई पटाउन सुरु गरे । भरखर तेह« चौध लागेकी कन्यालाई उनले पट्याइछाडे । संस्कृतिको नयाँ आयाम थपियो । उनी मखलेल भए ।

माओवादी सुप्रिमोले दिव्य दस बर्सको जनयुद्धलाई विश्राम दिए र यसको साङ्ग्यता गरे । अब माओवादी पनि काङ्ग्रेस, एमाले, राजावादी, रङ्कवादी जस्तै लोकतन्त्रवादीमा बदलियो । गणपतिका दिन उदाए । गणपतिको कर्म भनेको शक्तिको भक्ति गर्नु हो । यो सत्ययुगदेखि चलिआएको सनातनी धर्म । उनी न्वारानदेखिको बल लगाएर शक्तिको भक्तिमा लिन भए ।

त्यसपछि उनले प्रोफेसरको टाउकोमा बददद छेरिदए र सुप्रिमोको भक्तितिर आपूmलाई केन्द्रित बनाए । उनको भक्तिदेखि प्रसन्न भएर सुप्रिमोले उनलाई सरकारी पगरी गुथाए । त्यहाँ उनको काम सानिमा खेलको नेतृत्व गर्नु थियो । उनको सानिमा खेलका अप्सराहरूसँग हिमचिम बढ्यो । नयाँ संस्कृतिको खोजी गर्दागर्दै कुण्डले, मण्डले, लटे, मुङ्ग्रे र अप्सराहरूको सङ्गत गर्दागर्दै एक हुल जमातलाई माओवादी सुप्रिमोबाट टिकाटालो लगाइदिए । त्यसपछि सोमरसपानदेखि अप्सरालिलासम्मका संस्कृतिमा गणपति मस्त भए ।

यस्तै क्रममा केही बर्सपछि एकजना पञ्चवादीलाई आफ्नो कुटीमा भित्र्याउने योजना बन्यो । एकदिन एकजना लटे कुण्डलेलाई साथमा लिएर सोमरसपानमा पञ्चसँगै लिन भए । ती पञ्चले बेलुका डिनर पाटी आफ्नै घरमा दिने भन्दै उनीहरूलाई लिएर गए । डिनर खाइवरी सकेपछि रसरङका लागि गाना बजाना गर्ने योजना बनायो लटेमुन्द्रेले ।

त्यसैक्रममा गणपति र लटेले पञ्चकी पुत्रीकन्यालाई छामछुम पार्न थाले । यो त यसैह्य व्यवहार थियो । सोमरसले लट्ठीएका गाणपतिहरूले आपूm कहाँ र कुन योजनामा आएको भन्ने बिर्सिए र पञ्चकी पुत्रीकन्यालाई सिनेमाखेलकी अप्सराझैँ ठानेर अप्सरापान गर्ने कुत्सीत मनसुवा राखे ।

त्यसपछि गणपतिको कुटीमा प्रवेस गर्ने धोको बोकेका पञ्चले आफैले बोलाएर घरमा ल्याएका पाहुनालाई रामधुलाई दिनु पर्यो । रामधुलाई पाएका गणपति–लटेमुन्द्रे बल्ल होसमा आए अनि नाकमुख रगताम्य पार्दै झ्यालब्रेक गरेर कुलेलाम ठोके । यसरी जेलबे्रकको कथा झ्यालबे्रकमा गएर समाप्त भयो । इतिस्कन्धे झर्रोटर्रो पुराणे झ्याल माहात्मे गणपति अध्याय शुभम् ।

[email protected]

प्रतिक्रिया

सम्बन्धित खवर