nepal-airlinesकाठमाडौं । नेपाल एअरलाइन्सको विमान भारतको नयाँ दिल्लीमा आपतकालीन अवतरण गरिएको छ ।

आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तरौष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

१ सय ६० जना यात्रु बोकेको आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमान सकुशल आपतकालीन अवतरण भएको र कुनै मानवीय क्षति भने भएको छैन ।

विमानको पखेटाले काम नगरेपछि उडान भरेको २५ मिनेटमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे–२८ मा सो विमानलाई अवतरण गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर