एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राष्ट्रपति पुटिनको कालो रंगको बीएमडब्लु कार विपरित दिशाबाट आईरहेको अर्को कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
कार दुर्घटनाको समयमा पुटिन भने सवार थिएनन् । दुर्घटनामा करिब ४० वर्षदेखि सरकारी चालकको रुपमा कार्यरत रहेका पुटिनका प्रिय कार चालकको मृत्यु भएको हो ।
पुटिनको कारसँग ठक्कर खाएको अर्को कारका चालक पनि गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको रसियाली अधिकारीहरुले जनाका छन् ।
रसियाली प्रहरीले कार दुर्घटनाबारे छानविन भइरहेको भन्दै थप विवरण दिन अस्वीकार गरेको छ । दुर्घटनामा ज्यान गुमाएका चालकको नाम समेत खुलाइएको छैन ।
विपरित दिशाबाट आइरहेको कारले कुनै संकेत बिना नै मोडिएपछि पुटिनको कारसँग ठोक्किएको जनाइएको छ ।