चितवन । नारायणगढ– मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि दुई तर्फी नै यातायात सञ्चालनमा आएको छ ।

पहिरो हटाइएपछि दुईतर्फी नै सवारी सञ्चालनमा आएपनि सवारी जाम भने घटेको छैन । अहिले पनि कम्तीमा एक घन्टा जाममा बस्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

कालिखोलामा पहिरो खसेपछि मंगलबार राति साढे १ बजेदेखि सडक अवरुद्ध हुँदा सवारी आवागमन रोकिएको थियो । दुई तर्फी नै बन्द हुँदा अहिले त्यहाँ गाडीको लामो लाइन छ ।

पहिरोका कारण काठमाडौंबाट बाहिर हिँडेका र काठमाडौं आउँदै गरेका सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर