kumar-lama-1काठमाडौं । माओवादी सशस्त्र जनयुद्धका बेला पक्राउ परेका ब्यक्तिलाई यातना दिएको अभियोगमा साढे ३ वर्षदेखि बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाइ पाएका छन् ।

लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामालाई सफाइ दिएको हो । लण्डन अदालतले गरेको फैसलामा उनीविरुद्ध अब कुनै कारबाही प्रक्रिया सुरु नहुने उल्लेख छ । सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा पक्राउ परेका बन्दीलाई यातना दिएको भन्दै उजुरी परेपछि नेपाली सेनाका कर्णेल लामा २०१३ मा बेलायतमा पक्राउ परेका थिए ।

बेलायतमा परिवार भेट्न गएका बेला पक्राउ परका कर्णेल लामाविरुद्ध युद्ध अपराधसम्वन्धी मुद्दा लगाइएको थियो । अदालतको यो फैसालासँगै कर्णेल लामा अब स्वतन्त्र भएका छन् । उनी अब नेपाल आउन पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर