काठमाडौं । आयोजक अरुणीमाले प्रथम अरुणीमा कप सिक्स ए साइड अन्तरविद्यालय छात्र फुटबल प्रतियोयगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

बौद्धस्थित घरेलु मैदानमा भएको उद्घाटन खेलमा अरुणीमाले बाल श्रृजनालयलाई १९–० को भारी गोलअन्तरले पराजित ग¥यो । 

भाष्कर थापाले चार ह्याट्रिक गरे भने ह्याट्रिक पूरा गरेका पियूश पराजुलीले ४ गोल गरे । माणिक लामाले २ तथा दीपेश सेढाईंले १ गोल थपे ।

अन्य खेलमा एक्ता जेम्स र बृहस्पति विद्या सदनले जित हात पारे । एक्ताले प्रेरणालाई ७–० गोलअन्तरले हरायो । राजेश गुरुङले दोहोरो ह्याट्रिक गरे । एक गोल आत्माघाती रह्यो ।

एम्बासडर विरुद्धको खेलमा बृहस्पति ११–२ ले विजयी भयो । विजेताका सन्दिप आचार्यले ५, कृपेश महर्जन र जेभिन लिम्बूले २–२ तथा हिमान्शु थापाले १ गोल गरे । बाँकी एक गोल आत्माघाती थियो ।

प्रतियोगताको अरुणीमा एजुकेसनल फाउन्डेसनका अध्यक्ष बुद्धिबहादुर थापा र अरुणीमा उमाविका अध्यक्ष भीमानन्द ढुंगानाले रेफ्रीलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । नकआउट प्रतियोगितामा २० टिम सहभागी छन् । फाइनल भदौ २९ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर