Congress-sanepa

काठमाडौं । नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ । दुई मन्त्री यसअघि नै टुंगो लगाएको कांग्रेसले बाँकी मन्त्री विहीबार बेलुका मात्रै टुंगो लगाएको हो । पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई पाँच र कृष्णप्रसाद सिटौलालाई एक मन्त्री दिएर भागबण्डा गरिएको हो ।

नेताहरुबीच विहीबार बिहान भएको छलफलपछि मन्त्रीको भागबण्डा टुंगो लगाइएको थियो । काँग्रेसबाट सरकारमा सहभागी हुनेमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहेका छन् ।

शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।

काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर