khemraj gurungकाठमाडौं । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा विहीबार बेलुका निधन भएको छ ।

कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको थियो ।

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने भएको छ ।

गुरुङ्को आलुतामा एल्बम पनि निकै चर्चित बनेको थियो । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् ।

संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले पूर्वेली लोक भाकालाई उजागर गरेर नेपाली संगीतमा ठूलो योगदान दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर