KP Sharma Oliकाठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले स्वाभिमान बेच्न नचाहेकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन गर्दै उनले आफू नेतृत्वको सरकारले देशको स्वाभिमान बचाएकै कारण ढलेको दाबी गरे । षडयन्त्रकारीहरुसँग शीर उँचो बनाएकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको उनको भनाइ छ ।

आफू नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेपछि अरु दल समाप्त हुने डरले सरकार ढालेको आरोप लगाए । दुईवर्ष सरकारको नेतृत्व गरेको भए अरु पार्टीको साइनबोर्ड मात्रै रहने डरले षड्यन्त्र गरिएको ओलीले आरोप लगाए ।

आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी भएको र बजेट कार्यान्वयन हुँदा नेपालमा ठूलै परिवर्तन हुन्छ भन्ने डरले कांग्रेस–माओवादीहरु अत्तालिएको उनको भनाइ छ ।

अबको २० वर्षमा अहिले आफूले बनाएको तथा महत्वकांक्षी भनिएको योजनामा अबको सरकार हिड्नुपर्ने बाध्यता रहेको उनको दाबी गरे । पूर्वपश्चिम राजमार्ग, रेल, फास्ट ट्रयाक, हुलाकी राजमार्ग, सिँचाइलगायतका कयौं कार्यक्रममा बजेट बिनियोजन भइसकेकाले वर्तमान सरकारलार्ई कार्यान्वयनको चुनौती रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर