Trumpएजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन करिब ८० दिन मात्रै बाँकी रहँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको क्याम्पमा भाँडभैलो मच्चिन थालेको छ । 

ट्रम्पले दुई जनालाई थपरे चुनावी प्रचार अभियान टोली पुनर्गठन गरेको दुई दिनपछि प्रचार अभियान टोली प्रमुखले राजीनामा दिएका छन् ।

जिम्मेवारी सम्हालेको दुई महिनापछि ट्रम्पको चुनावी प्रचार अभियानका प्रमुख पउल मानाफोर्टले राजिनामा दिएका हुन् ।

मानाफोर्टमाथि रुसी हितको पक्षमा रहेको तथा युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुभोविचसँग नजिक रहेको आरोप लागेको छ । तर मानाफोर्टले भने यी आरोप अस्वीकार गर्दै आएका थिए ।

आफ्नै अभिव्यक्तिका कारण ट्रम्प राष्ट्रपतिको निर्वाचनमा अलोकप्रिय बन्दै गएका बेला चुनावी प्रचार अभियान टोलीमा समेत खटपट उत्पन्न भएको छ । यद्यपि उनले राजीनामा दिनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 

पछिल्लो मत सर्वेक्षण अनुसार ट्रम्प डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनभन्दा करिब ८ प्रतिशत मतान्तरमा पछि देखिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर