Barcelonaकाठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले हात पारेको छ ।

ला लिगा च्याम्पियन बार्सिलोनाले बिहीबार बिहान भएको सुपर कपको दोस्रो लेगमा सेभिल्लालाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसहित यो सिजनको पहिलो उपाधि जितेको हो । 

नाउ क्याम्पमा भएको खेलमा लियोनल मेस्सीको पासमा तुरान स्लोटेडले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए ।

बार्सिलोनाका गोलरक्षक क्लाउडियो ब्राभोले सेभिल्लाका भिसेन्ट इबोर्राको पेनाल्टी प्रहार बचाए । 

बार्सिलोनाका सामुएल उमटिटीले ह्याण्ड गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका तुरानले दोस्रो हाफको सुरुमै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । 

मेस्सीले हेडमार्फत गोल गरेपछि बार्सिलोनाको ३–० को जित निश्चित भयो । कोपा डेल रे च्याम्पियन र ला लिगा च्याम्पियनबीच स्पेनिस सुपर कपको उपाधिका लागि दुई लेगमा खेल हुन्छ । 

तर गएको सिजन बार्सिलोनाले दुवै उपाधि जितेकाले सेभिल्ला कोपा डे रेको उपविजेताको रुपमा सुपर कप खेलेको हो । बार्सिलोनाले पहिलो लेगमा २–० को जित निकालेको थियो । 

बार्सिलोनाले यसअघि सन् २०१३ मा सुपर कपको उपाधि जितेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर