काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टीका कार्यालय सदस्य हरिभक्त कँडेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको सो पार्टीका कार्यालय सचिव कृष्णभक्त महर्जनले मूलबाटोलाई बताए ।
०३१ सालमा पार्टी सदस्यता प्राप्त गरेका कँडेल ०४२ सालको मंसिरमा रामबहादुर थापा‘बादल’सँगै पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।
त्यसबेला देखि निरन्तर पार्टीको केन्द्रीय भूमिका निर्वाह गर्दै आएका कँडेल पार्टीभित्र चल्ने अन्तर्संघर्षमा क्रान्तिकारी धारमा खरो रुपमा उभिदै आएका छन् ।