एजेन्सी । समूद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घन्टापछि जिवितै उद्दार गरिएको छ ।
‘सर्कस सिप’ बाट समुद्रमा खसेकी ती महिलाको माछा मार्ने माझीको समूहले उद्दार गरेको थियो ।
चीनको सांघाईमा पानीजहाजमाथिबाट उनी उछिट्टिएर समुद्रमा खसेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पानीजहाजको माथिल्लो तलाबाट खसेकी ती ३१ वर्षीय फ्यान उपनाम भएकी महिला घाइते भएको छिन् ।
उनी चीनको सांघाईबाट दक्षिण कोरिया र जापानलगायतका देश जानका लागिका पाँच दिने यात्राका क्रममा थिइन् । उनी समुद्रमा खसेको लामो समयपछि माछा मार्ने डुंगाबाट उद्दार गरिएको हो ।
उनी समुद्रमा जिवितै भेटिएपछि उनका बाबुलाई फोनमा जानकारी दिएपनि विश्वास गरेका थिएनन् । उनले आफ्नी छोरीको आवाज नसुनेसम्म जिवितै भएको कुरालाई अस्वीकार गरेका थिए ।
उनी पानीजहाजमाथि रमाइलो गरिरहेका बेला बुधबारराति अचानक खस्न पुगेकी थिइन् । उनले समुद्रमा खसेपछि सहयोगका लागि बोलाएपनि कसैले सुनेनन् ।
उनी यति लामो समयसम्म कसरी समुद्रमा जिवित रहन सकिन् भन्ने बारेमा केही नखुलेपनि चिनियाँ सञ्चारमाध्यमले उनी रातभर पानीमा पौडिएर बाँच्न सफल भएको जनाएका छन् ।
तर कतिपय ले यसलाई आश्चर्य भनेका छन् भने कतिपयले यो साँचो नहुनसक्ने बताएका छन् । यद्यपि उनको दृढ आत्मशक्तिका कारण उनी बाँच्न सफल भएको रिपोर्टमा भनिएको छ ।
उनले विश्वविद्यालयमा खेलकुदकै विषयम अध्ययन गरेको र पाँच वर्षदेखि पौडी खेल्न सुरु गरेको जनाइएको छ । तर, उनी आफैले भने कसरी यति लामो समयसम्म जिवित रहन सकिन् भन्नेबारेमा केही बताएकी छैनन् । उनी हराएको १० घन्टासम्म पनि फेला नपरेपछि उनका साथीहरुले् उनलाई जिवितै फेला पार्ने आशा मारिसकेका थिए ।