बुटवल । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ लुम्बिनी सांस्कृतिक नगर समितिको भेला नयाँ नेतृत्व चयन गर्दै महिलवारमा सम्पन्न भएको छ ।

भेलाले जलाल मुसलमानको संयोजकत्वमा ११ सदस्यीय महासंघको नगर समिति गठन गरेको छ । जसमा शिवसंकर हरिजन, हरिचन्द्र हरिजन, राजु कुमार, काशीनाथ, महमद फकिर, अजरत अलि, कृष्ण हरिजन, विकास हरिजन सदस्य रहेका छन् । 

त्यस्तैं भेलाले जलाल मुसलमानको अध्यक्षतामा २१ सदस्यीय ई–रिक्सा लुम्बिनी सांस्कृतिक नगर समिति गठन गरिएको छ ।

यसैगरी सोही भेलाले मुवि अलिको संयोजकत्वमा क्रान्तिकारी राष्ट्रिय युवा लिग रुपन्देही क्षेत्र नं ७ गठन गरेको छ । जसमा हजरत अलि, अब्दुल जालिम, सुरेन्द्र
हरिजन, मनोज हरिजन, महाजन लोनियां लगायत सदस्यमा रहेका छन् ।

भेलामा नेकपा क्रान्तिकारी माओवादी अवधराज्य सचिवालय सदस्य आरपी शर्मा, महासंघका अवधराज्य समिति संयोजक राजु भुजेल, नेता टिपु सुल्तान लगायतले आफ्नो भनाई राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर