काठमाडौं । कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले उचालेको छ ।
आइतबार राति भएको खेलमा प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीलाई २–१ ले हराँउदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि जितेको हो ।
खेलमा म्यान्चेस्टर युनाईटेडको जितमा जेस्सी लिङ्गार्ड र जाल्टन ईब्राहिमोभिचले एक एक गोल गरे ।
पराजित टोली लेष्टर सिटीका लागि जेमी भार्डीले एक गोल फर्काएका थिए । कम्युनिटी शिल्ड फुटबललाई इंग्लण्डमा नयाँ सिजनको फुटबलको सुरुवाती प्रतियोगिता मानिन्छ ।
यो खेल भएको एक हप्तापछि प्रिमियर लिग फुटबल सुरु हुने गर्छ । कम्युनिटी शिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग च्याम्पियन र एफए कप च्याम्पियन क्लबबीच प्रतिस्पर्धा हुने गर्छ ।
यो जितसँगै म्यानचेस्टर युनाईटेडका नयाँ प्रशिक्षक जोजे मौरिन्होले नयाँ क्लवमा विजयी सुरुवातसहित उपाधी जिताएका छन् । गत वर्ष चेल्सीले प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि उनी बर्खास्तीमा परेका थिए ।