shahram_amiriएजेन्सी । इरानमा सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम आमोरीलाई फाँसी दिइएको छ ।

उनलाई फाँसी दिइएको उनको परिवारले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

अमोरीकी आमाले छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको र गलामा डोरिको निशाना रहेकोले उनलाई फाँसी दिइएको प्रष्ट हुने बताएकी हुन् ।

उनलाई अमेरिकाबाट फर्किएसँगै हिरासतमा लिएर गोप्य स्थानमा राखिएको थियो ।

अमेरिकाको सीआईएले आफूलाई जवरजस्ती हिरासतमा लिएको बताउँदै आएका थिए । आमोरीले आफूलाई अमेरिकामा सीआइएले जर्बजस्ती हिरासतमा लिएको बताउँदै आएका थिए ।

रिपोर्टहरुका अनुसार अमोरीलाई इरानको परमाणु कार्यक्रम बारेमा गहन जानकारी थियो । सन् १९७७ मा जन्मिएका अमोरी २००९ मा हजमा गएपछि हराएका थिए ।

अमेरिकामा देखिएका उनले अमेरिकाको सीआईएले आफूलाई नियन्त्रणमा लिएको जनाएका थिए । उनले इरानको परमाणु कार्यक्रम बारे जानकारी लिन सीआईएले आफूमाथि गहिरो मनोवैज्ञानिक दवाव दिएको जनाएका थिए ।

सन् २०१० मा तेहरान फर्किएका उनको भव्य स्वागत गरिएको थियो । उता अमेरिकाले भने अमोरी आफ्नो इच्छा अनुसार अमेरिका आएको र महत्वपूर्ण जानकारी दिएको बताएको थियो ।

त्यसपछि इरानमा उनलाई लामो सजाय सुनाइएपछि उनको परिवारले उनको सुरक्षा चिन्ता जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर