gadhimai

काठमाडौं । वर्षौदेखि हरेक पाँच पाँच वर्षमा हुँदै आएको गढीमाईको पशुबलि रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।

वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको भन्दै त्यसलाई रोक्नका लागि समिति गठन गर्न सरकारलाई निर्देशन दिइसकेको पनि फैसलामा उल्लेख गरिएको छ ।

‘जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुपर्यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुपर्यो।’–आदेशमा भनिएको छ ।

वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ। पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर