काठमाडौं । नयाँ सरकार गठनको प्रक्रियासँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ ।
व्यवस्थापिका–संसदको बैठकमा प्रधानमन्त्रीको निर्वाचनअघि भएको तीन बुँदे सहमतिसँगै माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोर्चाले सघाउने भएको छ ।
सहमतिअनुसार गठनबन्धनको माग अनुसर संविधानमा रहेको असन्तुष्टि समाधानका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने उल्लेख छ ।
दलहरुबीच आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिनेसमेत सहमति भएको छ ।
यसैगरी अपाङ्ग भएकाहरुलाई क्षतिपूर्ति, घाइको उपचार खर्च, पक्राउ परेकाहरुको रिहाइ र मुद्धा खारेज गर्ने पनि सहमति भएको छ ।