1.-amazon-river-from-the-space

amazon-river-from-the-space

काठमाडौं । ल्याटिन अमेरिकी केही देशभएर बग्ने संसारकै सबैभन्दा ठूलो नदी अमेजनको सतहभन्दा करिब १३ हजार फुटको गरिहिराईमा अर्को एक विशाल जलधारा रहेको पत्ता लागेको छ ।

ब्राजिलको राष्ट्रिय अनुसन्धानका वैज्ञानिकले करिब ६ हजार किलोमिटर लामो भूमिगत नदी भएको पत्ता लगाएका हुन् ।

भारतीय मूलका वैज्ञानिक डा.वलिया हम्जाकोको नेतृत्वमा रहेको वैज्ञानिकको समूहले गरेको अनुसन्धानका क्रममा फेला पारेको उक्त नदीको नाम ‘हमजा’ राखेका छन् । डा.हमजा पछिल्ला ४० वर्षअघिदेखि यस क्षेत्रको बारेमा अनुसन्धान गरिरहेका छन् ।

डा.हम्जाले सरकारी तेल कम्पनी ‘पेट्रोबास’ ले यस क्षेत्रमा १९७० को दशकमा तेलका २४२ कुवा खनेका र त्यहाँको नापमानमा असमानता पाइएको बताएका छन् ।
सोही आधारमा वैज्ञानिकको समूहले यस क्षेत्रको अनुसन्धान गर्दा अमेजनको ठीक मुनी १३ हजार फुटको गहिराईमा विशाल जलधारा पाइएको हो ।

प्रयोगशालाका वैज्ञानिकहरुले यस भूमिगत नदीको लम्बाई अमेजन नदीकै बराबर अर्थात ६ हजार किलोमिटर रहेको अनुमान गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार यस नदीमा प्रतिसेकेन्ड तीन हजार घनमिटर बग्दछ । अझै पनि वैज्ञानिकहरु यस नदीका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।

उनीहरुले यो नदीका बारेमा थप जानकारी संसारसामु सार्वजनिक गर्न सफल हुने दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर