काठमाडौं । पार्टीको राष्ट्रिय भेला पश्चात नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापी रुपमा भेला र बैठकमा व्यस्त बनेको छ । मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार पूर्वी तथा तराई भेगका केही राज्य वा जिल्लाहरुमा खेतीका मौसम भएकोले असारको अन्तिमबाट भेला बैठकहरुको तयारी गरिएको छ भने पश्चिम भेरी कर्णाली, सेती महाकाली, थारुवान, अवध, भोजपुरा राज्यहरुमा पार्टीको भेला बैठक सम्पन्न गरिएको छ ।

    सुर्खेतको विरेन्द्रनगरबाट मूलबाटो डटकमका स्थानीय संवाददाताले जनाएअनुसार पश्चिमी कमाण्ड इन्चार्ज हरिभक्त कँडेलको अध्यक्षतामा भेरी कर्णाली राज्यको बैठक असार १५ र १६ गते बसी सम्पन्न भएको छ । बैठकपछि हरिभक्त कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका वैचारिक-राजनीतिक संगठन तथा संघर्षसम्बन्धी योजना तथा कार्यक्रमलाई राज्यस्तरमा कार्यान्वयन गर्ने निर्णय गरियो । सो अनुरुप राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविका लगायतका विषयमा प्रचारात्मक आन्दोलन अघि बढाउने, नव संशोधनवाद र प्रतिक्रियावादी राज्य सत्ताका विरुद्ध वैचारिक तथा राजनीतिक भण्डाफोर अभियान चलाउने ।” विज्ञप्तीमा बैठकले लिएका निर्णयबारे भनिएको छ, “राष्ट्रिय स्वाधिनतामाथि मुख्यत ः भारतीय विस्तारवादको बढ्दो हस्तक्षेप र त्यसले निम्त्याएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी राष्ट्रघाती सम्झौताको खारेजीको निम्ति राज्यस्तरमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि शार्माको नेतृत्वमा माथिल्लो कर्णाली संघर्ष समिति निर्माण गरिएको छ ।”

    यसैगरी नेपालगंजबाट हाम्रा स्थानीय संवाददाताले जनाएअनुसार यही असार १८ गते नेकपा (क्रान्तिकारी माओवादी)को थारुवान राज्य समितिको बैठक सम्पन्न भएको छ । बैठक पार्टीका पश्चिम कमाण्ड इन्चार्ज हरिभक्त कँडेलको प्रमुख आतित्थ्यता र केन्द्रीय सल्लाहकारद्वय सुवाष र गम्भीरको उपस्थितिमा राज्य इन्चार्ज तथा सेक्रेटरी हर्कबहादुर शाहीको अध्यक्षतामा बस्यो ।

    बैठकपछि एक विज्ञप्ती जारी गर्दै हालै सम्पन्न पार्टीको राष्ट्रिय भेलाले क्रातिकारी माओवादी धारालाई समाप्त पार्ने देशी विदेशी प्रतिक्रियावादी शक्ति र नवसंशोधनवादीहरूको षड्यन्त्रलाई निस्तेज पारेको र विचारधारा एवम् क्रान्तिकारी झण्डालाई जोगाउन सफल रहेको दाबी गरिएको छ । राष्ट्रिय भेलाको समीक्षाका सम्बन्धमा विज्ञप्तीमा भनिएको छ, “भेलामा सहभागी सबै नेता कार्यकर्ताहरूमा क्रान्तिको बाँकी कार्यभारपूरा गर्न विचारको रक्षा र विकास गर्न र त्यसलाई क्रान्तिकारी जुझारु सङ्गठनमा रूपान्तण गर्ने दायित्वबोध गराएको । पार्टी स्कूलिङलाई तलैसम्म व्यवस्थित रूपले लैजानु पर्ने । भेला समग्र रूपमा भव्य, सानदार र उत्साहपूर्ण रहेको, निष्कर्ष निकालिएको छ ।” बैठकले गरेको संघर्षसम्बन्धी निर्णयका विषयमा विज्ञप्तीमा उल्लेख गरिएको छ, “माथिल्लो कर्णालीको ऊर्जा विकास सम्झौता (एम्ब्)लाई जिएमआर कम्पनीकै योजना कार्यान्वयन गर्न सरकारद्वारा सेना परिचालनसमेत गरिएकोमा त्यसका विरुद्ध देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासहित वर्गसङ्घर्षका समस्यालाई लिएर राज्य वा जिल्लास्तरमा सिर्जनात्मक रूपमा सङ्घर्षका कार्यक्रम दिने, मधेसी, थारू, आदिवासी जनजातिद्वारा उठाइँदै आएका जायज मागहरूको समर्थन गर्ने तथा त्यसप्रकारका आन्दोलनमा ऐक्यबद्धता जनाउने र तिनलाई वर्गीय मुक्ति आन्दोलनसित जोड्दै पार्टीको स्वतन्त्र पहलमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने, विभिन्न प्रकारका व्यथिति, राष्ट्रघाती, जनघाती, सीमा क्षेत्रमा भइरहेका अमानुसिक ज्यादती जस्ता कामहरू, भ्रष्टाचार, दलाली, कमिसनखोरी तत्वहरूको सुक्ष्म अध्ययन अनुसन्धान गर्ने र जनकारवाहीमा लैजाने, वैचारिक राजनीतिक स्कूलिङ पार्टी सदस्यहरूसम्म सञ्चालन गर्ने ।”

    सो बैठकले पार्टीसँग नजिक रहेका प्रकाशन वर्गदृष्टि साप्ताहिकलाई जिल्लामा विस्तार गर्न हरेक जिल्लाले ग्राहक बनाउने र वितरण गर्ने । साथै अनलाइन मिडिया धधध।mययदिबतय।अयm लाई कार्यकर्ता, सुभेच्छुक र आम जनतामा अध्ययन गर्न गराउन पहल गर्ने र राज्यबाट क्रान्तिकारी पत्रकार महासङ्घको पहलमा एउटा साप्ताहिक प्रकाशनको सम्भाव्यता अध्ययन गर्ने लगायतका निर्णय गरेको पनि हर्कबहादुर शाहीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।  

भेक राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा शाही
  सो बैठकले राष्ट्रिय उत्पीडनमा परेको भेरी कर्णाली क्षेत्रलाई विशेष आधिकारसहित राज्यबाट पाउनुपर्ने सबै प्रकारको अधिकार प्राप्तीको निम्ति भन्दै पार्टीका केन्द्रीय सदस्य धनजित शाहीको नेतृत्वमा भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चा नेपालको निर्माण गरिएको छ । विज्ञप्तीमा भनिएको छ, “यी दुबै मोर्चामार्फत् संघर्षका कार्यक्रमलाई अघि बढाउने ठेगान गरिएको छ ।”

    सो बैठकले भेक राज्यमा पर्ने जिल्लाहरुमा सरकारी तथा सार्वजनिक सरोकारका क्षेत्रमा व्याप्त वेथिति, विकास निर्माणका काममा हुने गरेका अनियमितता तथा प्रशासनिक ढिलासुस्ती लगायतका विषयमा सुक्ष्म अध्ययन र अनुगमन गरी सो अनुरुप संघर्ष संचालन गर्ने पनि निर्णय लिएको छ ।     यसैबीच, भेकरामुमोका संयोजक धनजीत शाहीले एक विज्ञप्ती जारी गर्दै राज्यद्धारा उपेक्षित गरिएको भेरी कर्णाली उत्पीडित क्षेत्र क्षेत्रीय उत्पीडन व्यहोर्दै  आएकोमा यो क्षेत्रलाई विशेष अधिकारसहित राज्यबाट पाउनुपर्ने सबै अधिकार सुनिश्चित गराउनका लागि संघर्ष अघि बढाउने निर्णय गरिएको उल्लेख गरेको छ । मोर्चाको बैठकले लिएको निर्णयबारे भनिएको छ, “माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने नाममा सरकारले भारतीय कम्पनि जीएमआरसँग गरेको राष्ट्रघाति सम्झौता खोरजीको लागि गरिने राष्ट्रिय स्वाधीनताको सबै संघर्षमा ऐक्यवद्धता सहित सहभागी हुनेछ ।” मोर्चाको राष्ट्रिय भेला भाद्र २८ -२९ गते मुगु जिल्लाको पर्यटकीय क्षेत्र रारामा सम्पन्न गर्ने र भेला सम्पन्न गर्नको लागि पर्चा, वालीङ्, पोष्टरिङ गरि प्रचार-प्रसारको कामलाई व्यवस्थित गर्ने निर्णय लिएको पनि जारी विज्ञप्तीमा जनाइएको छ ।

     यता तमुवान, मगरात, ताम्सालिङ र नेवाको राज्य भेला बैठक असार महिनाभित्रै सक्ने र संघर्षका कार्यक्रमहरु घोषणा गर्ने सम्बन्धित राज्य कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर