naraji

नरबहादुर महरा

जेठ २३ गतेदेखि पश्चिम केन्द्रीय कमाण्डका अगुवा राजनीतिक कार्यकर्ताहरुको महत्वपूर्ण प्रशिक्षण हुँदै थियो ।
क. बसन्त, कुलमान, दुर्लभकुमार र म गरी हामी ४ जना । २२ गते बिहानै घोराहीबाट काठमाडौं जाने बसको टिकट लिएर बसभित्र छिर्यौं । साढे छ बजे हाम्रो गाडी अगाडि बढ्यो । मौसम सफा थियो, हामी क्याबिनमा बसेका थियौं । टाढा टाढासम्म सजिलै देख्न सकिन्थ्यो । सङ्कटकाल र त्यसपछिको राजा ज्ञानेन्द्रको शासनकालमा ठाउँ ठाउँमा खडा गरिएका सुरक्षा बेस क्याम्पहरुलाई छिचोल्दै हामी अगाडि बढिरह्यौं । उन्नीस दिनको आम हड्तालले राजा ज्ञानेन्द्रमात्र होइन, उनको रक्षार्थ अहोरात्र सतर्क भइराख्ने र अनावश्यक रुपले यात्रुहरुलाई दुःख दिंदै आएका सुरक्षाकर्मीहरु पनि शिथिल शिथिल थिए । निष्क्रिय निष्क्रियजस्ता देखिन्थे । अनुहारभरि उदासिनताका रेखाहरु प्रष्ट देख्न सकिन्थ्यो । चनाखोपन सेलाइसकेको थियो । ती सबैक ओइलाएका साग झैं देखिन्थे करिब दुईबजेतिर हामी मुग्लिङ उत्रियौं । चारैजना पोखरातर्फ जाने गाडीमा छिर्यौं । हाम्रो गाडी अगाडि बढ्यो । पोखरा बसपार्कमा पुग्यौं । हामीलाई सम्पर्कमा लिन सलिना बहिनी आउनुभयो । हाम्रो प्रशिक्षण कार्यक्रम सिकलेसमा निर्धारण गरिएको थियो । बहिनीसँगै हामी काहु“खोलासम्म गयौं । त्यहाँ देखि हामीलाई सम्पर्कमा पुर्याउन एकजना जनमुक्ति सेनानी कमरेडको जिम्मा लगाएर बहिनी फर्कनुभयो । हामीले छ सय भाडा तिरेर एउटा ट्याक्सी लियौं र ज्याम्दो पुग्यौं । त्यहाँ पुग्दा करिब आठ बजिसकेको थियो । बस्नका लागि कुनै घरहरु थिएनन् । करिब दश मिनेट पैदल हिंडेर हामी ज्याम्दोकै एकजना चित्रबहादुर गुरुङको घरमा बास बस्न पुग्यौं । हामीभन्दा अगाडि जनमुक्ति सेनाको एउटा टीम त्यहा“ बसेर हिंडिसकेको रहेछ ।

हामी त्योभन्दा अघि बढ्न सक्ने स्थितिमा थिएनौं । जनमुक्ति सेनानी साथीहरुले खाएर बचेको भात खायौं । त्यहीं सुत्यौं । हामी सबै थाकेका थियौं । त्यसैले ओछ्यानमा पर्ने बित्तिकै निदाइहाले छौं ।
अर्को दिन बिहान उज्यालो हुने बित्तिकै उठेर नित्य कर्म सिध्यायौं । त्यसपछि हिंड्ने तर्खरमा थियौं । घरपट्टि दाइले चिया पकाइसक्नुभएको रहेछ र उहा“को ‘चिया पिएर हिंड्ने’ आग्रहलाई हामीले इन्कार गर्न सकेनौं । चिया पिउँदासम्म घरपट्टि बूढाबासँग भलाकुसारी ग¥यौं । गुरुङ लवजमा बोल्ने भएकाले उहाँका केही कुराहरु हामीलाई बु¤न गाह्रो पनि भयो । तर उहाँका रमाइला गफ सुन्दा हामीलाई पनि काउकुति नै लाग्यो । जवानी कालमा भारतको सेनामा जागीर, लडाइ“को जीवन्त अनुभूतिहरु मजाले सुनाउनुभयो ।

हामीलाई सिकलेस पुग्न अझैं तीनचार घण्टाको बिकट बाटो हिंड्नुपथ्र्यो । प्रशिक्षण पनि त्यसै दिनदेखि सुरु हुने भन्ने थियो । त्यसैले त्यहाँ धेरै बिलम्व गर्नु उचित थिएन । हामी सबैले ती दुवै गुरुङ पिता–पुत्रलाई अभिवादन गरी अगाडि बढ्यौं ।
“जित्ना पर्छा है बाबू हो, हाम्ले जित्ना पर्छा ।”
गुरुङ बुवाको आँगनको डिल काट्न नभ्याउँदै एउटा ठूलो जिम्मेवारी र दायित्वबोधको भारी उहाँले थपक्क हाम्रो का“धमा राखिदिनुभयो ।

“पक्कै जित्छौं, बुवा ।”
कमरेड बसन्तले आश्वस्त पार्न खोज्नुभयो ।
हामी सरासर सिकलेसतर्फ अगाडि बढ्यौं ।

सिकलेसदेखि तल फेदीमा रहेको पुल तरेर हामी उकालो लाग्नै थालेका थियौं । माथिबााट तीन चारवटी गुरुङ्सेनी दिदीहरु झरे । उनीहरुले लगाएको मुगाको मालालाई देखाउँदै बसन्तले सोध्नुभयो– “यो मालालाई के भन्छ, दिदी ?”
सायद बसन्तजीलाई थाह थिएन होला । त्यो मुगाको माला थियो । कुलमानजी र म अलि पछाडि नै थियौं ।
“ज्यासुकै भनोस् ।” ती दिदी त अलि च्याँठिएर पो बोलिन् । हामी सबैलाई अलि नमज्जा लाग्यो । हाम्रो त्यो नमज्जालाई दुर्लभकुमारले एउटा चुट्किला सुनाएर उडाइदिनुभयो । हामी हाँस्दै उकालो चढ्यौं ।

सिंढीदार बाटोमा दश पाइला नहिंड्दै थकाइ लागिहाल्थ्यो । हामी विश्राम लिंदै र हिंड्दै करिब एघार बजे सिकलेस गाउँमै पुग्यौं । भिरालो ठाउ“मा बाक्लो बस्ती थियो । विजुलीका तारहरु माकुराको जालो झैं तन्किएका र जेलिएका थिए । प्रत्येक घरमा शौचालय थिए । ठाउँ ठाउँमा खुद्रा पसलहरु प्नि । टेलिफोन, टी.भी.को सुविधा पनि । बिकट र दुर्गम भएपनि ठाउँ रमाइलै रहेछ । पा…रि ताङतिङ् गाउ“मा देखिने सेता घरहरु पनि कम आकर्षक थिएनन् । अझ साँझमा बिजुली बत्ती चम्किंदा त हामी कुनै पहाडी सुन्दर नगरीमा छौं जस्तो लाग्यो । अपरान्ह साढे तीन बजेदेखि पानी पर्न थाल्यो । करिब चारबजेतिर बेसरी दर्केरै परयो । साँझ साढे सातबजेसम्म पानी परिरह्यो । स्थानीय कमरेडले हाम्रो सुत्ने कोठाको बन्दोबस्त मिलाउनुभयो ।

हामी अन्नपूर्णको काखैमा थियौं । दिनमा सूर्यको तापलाई जाडोले छिचोल्न नसके पनि रातमा भने भित्रै कताकता चिमोट्न आइपुग्यो । तथापि स्थानीय साथीहरुको राम्रो व्यवस्थापनले हामीलाई जाडोको चिमोटाइले मार पुर्याउन सकेन ।
प्रशिक्षणका प्रमुख अतिथिहरु पार्टी अध्यक्ष क. प्रचण्ड र डा. बाबुराम भट्टराई अघिल्लो दिनमै हेलीकप्टरबाट त्यहाँ आइसक्नुभएको रहेछ । पोखराबाट देखिने अन्नपूर्णको दृश्यले मलाई निकै लोभ्यायो । टाढाबाट त मैले रोल्पाबाटै धौलागिरी हिमाललाई देखेको थिए । तर नजिकबाट त्यसलाई छाम्न आजपर्यन्त सकेको थिएन । त्यसैले पोखरा आएको अवसरमा अन्नपूर्णलाई नजिकैबाट हातले छाम्न मन हतारिएको थियो ।

व्यवस्थापनको अपूर्णताले गर्दा कार्यक्रम दिउँसोदेखि मात्रै हुने जानकारी भयो । त्यसैले बिहानै चिया पनि नपिएरै मैले साथी खोज्न थालें । सञ्चार विभागका चिन्तनजीसँग कुरा मिल्यो । उहा“हरुले चाउचाउ पकाउन थाल्नुभयो । हामी सबैले चाउचाउ खायौं । अनि बाटो लाग्यौं । दुर्लभकुमारले पनि हाम्रो साथ दिने हुनुभयो । स्वास्थ्य विभागका अरु साथीहरु पनि साथ लाग्नु भो । पछि त कुलानन्द गिरी र क्षितिज पनि थपिनुभयो ।

गाउँबाट आधा घण्टाजति पैदल उकालो चढेपछि अन्नपूर्ण हाम्रो सामुन्ने उभिन आयो । हामीले धित मरुञ्जेल हेर्न चाहेका थियौं अन्नपूर्णलाई । तर बेलाबेलामा बाक्लो कुहिरो आएर लछप्पै ढाकेर आफूभित्रै लुकाइदिन्थ्यो । मलाई त्यो लुकामारी साह्रै मन पर्यो । अन्नपूर्णलाई पृष्ठभूमिमा पारेर हामीले केही तस्वीरहरु खिच्यौं ।

मलाई त्यो बेला मेरी छोरी र मसंगै कार्यालयमा काम गर्दै आएकी मेरी भदै सीतूको याद आयो । मेरी छोरीको नजिकबाट हिउँलाई हेर्ने रहरलाई मैले जलजलामा लगेर बिलाउन लागेका हिउ“का स–साना थुप्राहरु देखाइदिएर मेटाइदिएको थिएँ । तर हिउँ नै हिउँको पहाडलाई उसले देख्न पाएकी छैन । फूल र प्राकृतिक सौन्दर्यप्रति हुरुक्कै भएर प्राण फाल्ने सीतु यहाँ भइदिएकी भए कति रमाउँदी होलिन् । मैले उनलाई आफूसँगै नलिएकोमा थक्क थक्क लाग्यो । अब फेरि अन्नपूर्णलाई नजिकबाट छाम्ने अवसर कहिले पो आउला र ? हामीले अघाउञ्जेल अन्नपूर्णसँग लुकामारी खेल्यौं । अघाएपछि कुरा गर्दै पौने नौबजे हाम्रो क्याम्पतिर फर्कियौं ।

दुईबजेदेखि कार्यक्रम सुरु हुने जानकारी भएपछि हामी सबै प्रशिक्षण हलमा प्रवेश गरयौं । अझैं पनि हल सजाउने काम भइ नै राखेको थियो । हलभित्रको सजावटको काम पूरा भएपछि केन्द्रीय आधार इलाकीय ब्यूरोका इन्चार्ज कमरेड विप्लव रोष्टममा उभिनुभयो र कार्यक्रम सुरु भएको औपचारिक घोषणा गर्नुभयो ।

हल खचाखच थियो । हामी सबै प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष कमरेड प्रचण्ड र डा. बाबुराम भट्टराईको आगमनको प्रतीक्षामा व्यग्र थियौं । चुनवाङ बैठकपूर्व पार्टीभित्र फुटको हल्लाको खेती गरेर आत्मरति गर्नेहरुलाई उक्त बैठकले मरणान्तक चोट प्रहार गरेको थियो ।१९ दिने जनआन्दोलनले सृष्टि गरेको नया“ राजनैतिक घटनाक्रम, त्यसको विकास प्रक्रिया र पार्टीको आगामी योजनाबारे जान्न हामी अत्यन्त उत्सुक थियौं ।

Sikles village

हाम्रो व्यग्रता धेरैबेर रहन पाएन । उद्घोषकले अतिथिहरुको आगमन हुन लागेको जानकारी गराउनुभयो । हामीले हलभित्रैबाट सुन्यौं– बाहिर जनमुक्ति सेनाले आफ्नो सुप्रिम कमाण्डरलाई सलामी अर्पण गर्दै थियो ।
अत्यन्त प्रसन्न मुद्रामा अघिअघि अध्यक्ष क. प्रचण्ड र उहाँकै अनुगामी बनेर डा. बाबुराम भट्टराई हलभित्र प्रवेश गर्नुभयो । एक्काइसौं शताब्दीको क्रान्तिका नायकद्वयलाई हामीले हलभित्रै उभिएर स्वागत ग¥यौं । तालीको गडगडाहटले हल धेरैबेरसम्म गुञ्जिरह्यो । अनि हामी सबैले गायौं सर्वहारा मुक्तिको अन्तर्राष्ट्रिय गीत –

उठ जाग ए भोका नाङ्गा
जाग संसारका दुःखी
सुन्दर संसार निर्माण गर्न
न्यायको लागि गर्जी
बा“ध्ने छैन परम्पराको साङ्लोले
जाग ए श्रमिक हो …   …   …
…   …   …   …   …   …
?

करिब करिब डेढ दिन रिपोर्टिङ्ग चल्यो । अनि २७ गते शुरु भयो– हामीले धेरै लामो समयदेखि प्रतीक्षा गरेको प्रशिक्षणको मुख्य पाटो । एकातिर हलभित्र महत्वपूर्ण प्रशिक्षण चल्दैथियो । अर्कोतिर मुलुकमा राजनीतिक घटनाक्रमहरु तीव्र गतिमा परिवर्तित र विकसित हुँदै थिए । हरेक परिवर्तित र विकसित नयाँ घटनाक्रमहरु अध्यक्ष आफैले हललाई जानकारी गराइराख्नुभएको थियो । त्यसै क्रममा २८ गते सरकारी वार्ता टोलीका संयोजक कृष्ण सिटौला सिकलेस आउन लागेको जानकारी गराउनुभयो । २८ गतेको प्रशिक्षण चल्दै थियो । हामी सबै दिउ“सोको खाना खाएर हलमा प्रवेश गरिसकेका थियौं । उद्घोषक क. विप्लवले तीन घण्टाको लागि प्रशिक्षण स्थगन गरिएको जानकारी गराउनुभयो । तीनबजे नै हेलिकप्टर सिकलेस ओर्लने जानकारी थियो । हाम्रो जनमुक्ति सेना हेलीप्याडको सङकेत बनाएर त्यसको सुरक्षार्थ तैनाथ थियो । तीन बजेर पन्ध्र मिनेट जा“दा हेलीकप्टर गुड्केको आवाज सुनियो । हामी सबै पङ्क्तिबद्ध भएर बाटोको दाया“बाया“ उभियौं ।
त्यस गुरुङ्गबस्तीका सारा जनताहरु आफ्ना घरका सबै काम छाडेर हामीसँग सामेल भएका थिए । कसैले हाम्रोतर्फका वार्ता टोलीका सदस्य देव गुरुङ्ग पनि आउने गलत सूचना फैलाइदिएछ क्या र † एकजना बूढी गुरुङ्सेनी आमाले मलाई सोध्नुभयो–
‘देव गुरुङ्ग आउन्या रे, हो बाबु ?’
मलाई जानकारी थिएन । त्यसैले मैले अनभिज्ञता प्रकट गरें । ती आमैको अनुहार चाउरियो । अलि पर बाटोकै किनारामा पा“च÷सातवटी गुरुङ्ग किशोरीहरु गुरुङ्ग पहिरनमा हात हातमा फूलका मालाहरु लिएर उभिएका थिए । विद्यालयका छात्राहरु पनि विद्यालयकै युनिफर्ममा पङ्क्तिबद्ध भएर उभिएका थिए ।

आकाशमा पोखरातर्फबाट हेलिकप्टर गुड्केको आवाज सुनियो । हेर्दाहेर्दै हेलिकप्टर हेलिप्याडमा आएर उत्रियो । कृष्ण सिटौला, डा. शेखर कोइराला र हाम्रोतर्फका वार्ता टोलीका संयोजक कष्णबहादुर महरा बाहिर निस्कनुभयो । हातमा फूलमाला लिएर हामीसँगै उभिएका ती गुरुङ किशोरीहरुको एकछिन अघिसम्म प्रदिप्त बनेका अनुहारमा एकाएक त्यो प्रदिप्तता सेलाएको मैले प्रष्ट अनुमान गरें । कारण त्यहाँ देव गुरुङ आउनुभएको थिएन ।
अहो † यो कस्तो जातीय प्रेम †
मैले त्यहाँ पुग्दा सुनेको थिएँ– त्यहाँ राजतन्त्रको मतियार बनेका डम्बरबहादुर गुरुङलाई हाम्रो पार्टीले कारवाही गरेको रहेछ । त्यसपछि त्यहाँका गुरुङहरुले हाम्रो पार्टीलाई निको मान्दैनन् रे । तर त्यसो होइन रहेछ । मैले त्यहाँ रहँदा बस्दा पाएँ– सिकलेसका गुरुङहरु माओवादीलाई धेरै माया गर्दारहेछन् । उनीहरु पनि आफ्नो वर्ग चिन्दा रहेछन् । सुरुका दिनमा त अप्ठ्यारो लागेकै थियो । उनीहरु आफ्नो भाषा बोल्ने, आफ्नो जातिको मान्छेभन्दा अरुलाई घरभित्र छिर्न दिंदा रहेनछन् । एकदिन, दुईदिन, तीन दिन गरेर हाम्रो उनीहरुसँग चिनापर्ची बढ्दै गयो । सुरुका दिनमा त गाई, भैंसी बाँध्ने थारो, भुस पराल राख्ने टहरोमा कष्टपूर्ण रातहरु पनि बितायौं । चिया, खाजा पकाए भने पनि हामी बसेकै ठाउ“मा ल्याइदिन्थे । गाईभैंसीको भकारोको सुगन्ध नाकले आस्वादन गर्दे चिया खाजा मर्काउँथ्यौं । गर्दागर्दै उनीहरुको घरभित्र छिर्ने अनुमति भयो । अनि चुल्होमा आगो ताप्न पाउने भयौं । अनि त खाना पनि उनीहरुसंगै खाने आग्रह पो हुनथाल्यो । के भयो यो ? हामीले उनीहरुको मन जितेका हौं या उनीहरुले हाम्रो मन जिते ? मलाई लाग्छ– दुवै भयो । जब वर्ग मिल्छ, तब मन मिल्छ । सम्पूर्ण रुपले एकाकार हुन्छ अनि विपरित वर्गको विरुद्धमा एकताबद्ध सङ्घर्ष हुन्छ । त्योबेला त्यही भयो । अलि हुनेखानेहरु कोही पोखरा, कोही नारायणघाट र कोही काठमाडौंमा ठूलाठूला व्यवशाय गरेर बस्दा रहेछन् । कमजोर आर्थिक स्थिति भएकाहरुको निम्ति भने त्यहीं कुँजिएर बस्नुको विकल्प थिएन । त्यसैले उनीहरुसँग हाम्रो वर्गीय एकता गा“सिनु स्वाभाविक थियो र गाँसियो पनि ।

हाम्रो सिकलेस बसाइ“को समय छोटिइसकेको थियो । २९ गते बिहानदेखि सुरु भएको प्रतिक्रिया जनाउने क्रम दश बज्दा नबज्दै सिद्धियो । करिब एघाहर बजेतिर हाम्रो २५ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रमको समापन भयो । खाना खाइसकेपछि अलिबेर आराम तथा आवश्यक भेटघाट सिध्याएर करिब तीनबजेतिर हामी झोला तथा पोका पन्तरा बोकेर ओह्रालो लाग्यौं ।

अलि तल छ सातजना गुरुङ युवा–युवतीहरु उकालो चढ्दैथिए ।
“कताबाट आउनुभयो ?”
यो कुलमानजीको प्रश्न थियो ।
“पोखराबाट ।”
एकजना युवकले निधारभरिको पसिना पुछ्दै जवाफ फर्काए ।
“हामी त तपाईंहरुको गाउँमा धेरै बसियो, अब लाग्यौं है ।”
बसन्तजीले थप्नुभयो ।
ती सबै यवा–युवतीहरुले बाटोको डिलमा उभिएर पसिना पुछे र सबैले हामीतर्फ हेरे ।
“फेरि फेरि आउँदै गर्नुस् है दाजु ।”
“आउँछौं, आउँछौं । तपाईंहरुको गाउँ त साह्रै रमाइलो लाग्यो ।”

मैले उनीहरुलाई आश्वस्त पार्न खोजें । वास्तवमा यो मेरो आश्वासनमात्रै थिएन । भित्रै दिलदेखिको चाहना थियो । सिकलेसँग मेरो गाढा पिरती बसिसकेको थियो । आफ्नो इच्छाले हुन्थ्यो भने म सिकलेसँग छुट्टिन चाहन्नथें । मभित्र भावनाका छालहरु उर्लिरहेका थिए । म ती गुरुङ बस्तीका युवा–युवतीहरुका हातहरुलाई देश निर्माणमा लगाउन चाहन्थें । मलाई लागेको थियो– श्रम र रोजगारीका लागि शहर, राजधानी, अरब र मलेशिया धाउने, बृटिश, मलाया फौजमा भर्ती भएर साम्राज्यवादको स्वार्थको लागि लड्ने ती गुरुङहरुका हातहरुलाई एकै ठाउ“मा जोड्न सक्ने हो भने सा“च्चै त्यहाँ ढुङ्गा पेलेर पनि तेल निकाल्न सकिन्छ ।

मन त चाहन्थ्यो–सँधै सिकलेसमै बसिरहूँ । ‘त्यहाँका युवा–युवती, बालक–बृद्धसँग वर्गीय पिरती गाँसू र साम्यवादतर्फको यात्राको गोरेटोमा उनीहरुसँगै हातेमालो गर्दै अगाडि बढूँ’ । तर मेरो काम र जिम्मेवारी अन्यत्रै भएकोले मैले सिकलेसँग छुट्टिनै पर्ने थियो । बसन्तजी र कुलमानजी पनि मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक बस्न पाल्पा पुग्नुपर्ने थियो । त्यसैले हामी ती युवा–युवतीहरुसँग हाम्रा दरिला हातहरु मिलायौं । फेरि भेट्ने बाचा गदै छुट्टियौं ।
केही तल झरिसकेपछि फेरि डोकामा घा“स बोकेर केही महिला र पुरुषहरु उकालो चढ्दै थिए ।

“आबु गयु भाइ ?”
एउटी दिदीले प्रश्न गरिन् ।
“अँ, फेरि फेरि आउँदै गरौंला है दिदी ।”
कुलमानजीले भन्नुभयो
“आया बुनि क्यार्ना र छाडिर गैजान्या रैचौ ब ।”

अर्की दिदीले छुट्टिनुपर्दाको भित्रैदेखिको दुखेसो प्रकट गरिन् ।
कति छिट्टै हाम्रो गाढा नाता बसिसकेछ । छुट्टिनै गाह्रो हुने । हामीले उनीहरुलाई पनि अभिवादन ग¥यौं र भारि मनका साथ कदम अगाडि बढायौं ।

हामी पोखरा आइपुग्दा रातको दश बजिसकेको थियो । साथीहरुले खाने सुत्ने व्यवस्था मिलाइसकेका रहेछन् । थकाइ बेस्सरी नै लागेको थियो । त्यसैले खाना खाएर सुतिहाल्यौं । बिहान कुलमानजी र बसन्तजी पाल्पातिर लाग्नुभयो । क्षितिज सांस्कृतिक परिवारका कलाकारहरु महेश र विप्लवसँग भेट भयो । हामी बसपार्कतिर लाग्यौं । त्यहीं रेडियो गणतन्त्रका गेमि रोका र स्वास्थ्य विभागका लालसँग भेट भयो । रोल्पाका अन्य साथीहरु पनि त्यहाँ भएकोले साथै जाने सल्लाह भयो । रोल्पा जिल्लाका सेक्रेटरी क. कमल र जिल्ला कमिटीका अन्य सदस्यहरुसहित हामीले घोराहीको टिकट लियौं । गाडी साढे चारबजे छुट्यो । मैले गाडी भित्रैबाट एकपल्ट सिकलेसलाई नियाल्न खोजें । सिकलेसलाई अग्लो डाँडाले छेकेको थियो । हामीसँगको विछोडमा अन्नपूर्णले पनि कुहिरोको घुम्टोले अनुहार छोपेर अविरल अश्रुधारा बगाउँदै थियो । त्यही आँसु मादी बनेर पहरामा ठोक्किंदै त..ल त…ल बगिरहेको थियो । फेरि छिट्टै भेट्न आउने वाचासहित मैले सिकलेस र अन्नपूर्णलाई अन्तिम अभिवादन टक्रयाएँ । गाडी वेगले अगाडि कुद्यो । म तन्द्राबाट ब्युँझिदा हामीले मादीको पुल पार गरिसकेका थियौं ।

प्रतिक्रिया

सम्बन्धित खवर