प्रिय कम रेडहरू ।
सर्वप्रथम हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा माके र मेरो आफ्नै त्रफबाट सत्ताधारी न्यानो अभिवादन स्वीकार्नुस् !
आज म धेरै पीडाका साथ केही कुराहरू लिएर तपाईहरू सामू खुसी साट्न यो कार्की प्यालेसमा उपस्थित भएको छु । म के ठान्छु भने भ्रान्तिको आवश्यकतामा कहिलेकाँही कार्यकर्ताका बिचमा पनि आउनु पर्दोरहेछ । शान्ती प्रक्रियामा आएर सत्ता सञ्चालन गरेर आफ्नो पुस्ताको भविश्य सुदृढ गर्न हिँडिसकेको मान्छे फेरि कार्यकर्तामा फर्कनु पर्ला भन्ने त सोँचिएकै थिएन । परिस्थितिले सोँच्न बाध्य बनायो । नेपालका नामी नामी ठेकेदार, उद्योगी, ब्यापारी, डन, तस्कर, दलाल र विदेशी खुफिया एजेन्सीका घाग्डान मान्छेहरूसँगको सङ्गतले मात्र पुगेन । त्यसैले आज म आप्mनै दलबलका साथ यस कार्की प्यालेसमा उपस्थित भएको छु । जनयुद्ध छोडेर यता आएपछि मेरो कदमलाई सबैले सही हो भनेर प्रशंसा गरे । मैले गिरिजाबाबुलाई तपाईको उत्तराधिकारी बन्चु भनेर बचन दिइसकेको पनि थिएँ । जनयुद्ध छोडिसकेपछि अब सर्वहारावर्गको नेता होइन सबै नेपालीको नेता बन्नुपर्छ भनेर सुझाव दिनु भा’थ्यो उहाँले । खासमा नेपालमा सर्वहारा वर्ग पनि छैन क्या । त्यो कुरा सोह«ै आना मनासिव हो भन्ने म ठान्छु । बरू यस्तो राम्रो कुरा हाम्रा भित्रैका साथीहरूले नबुझिदिँदा र आलोचना गर्दा अत्यन्तै पीडाको अनुभूति हुने गथ्र्यो । हिजोका दिनमा प्युठानी गुरु र गोर्खाली डाक्सावले मलाई कम्ता हैरानी खेलाएका थिए । त्यो त यही मनलाई थाहा छ कि उनीहरूकै मनलाई थाहा होला । दुवैलाई ब्यालेन्समा राखेर काम गर्न मलाई कम्ता गह्रो भयो । मैले ती दुबैलाई एकैसाथ राखेर कुरा गरिन । उनीहरू दुबैलाई यो अध्यक्ष मेरै पक्षमा छ भन्ने कुरामा विश्वस्त पारेको थिएँ । वास्तवमा दुवै भ्रममा थिए (गदगद हाँसो) । यो मेरो कुसल कुटीलनीति थियो । बरू एउटासँग गरेको कुरा अर्कोसँग पुग्छ कि भनेर सँधै म त्रासमा हुन्थेँ । आज दुवै बाहिर भएकाले मलाई हाइसन्चो भएको छ । वास्तवमा मलाई साथ दिने त आफ्नै गाउँले छिमेकीले हो भन्ने ठानेर यो वादलजीसँग एकताको आह्वान गरेको हुँ । किनकि वादलजीसँग बर्सा पनि साथमै हुनुहुन्च, त्यसले हामीलाई शितलता दिन्च । नभन्दै हामी प्यालेस भित्र हुँदा बाहिर बर्सा पनि भइरहेको छ । यो शुभ लक्षण हो । (गडडड तालि बज्यो)
माक्र्सवाद–लेनिनवाद भनेको त गतिशील विज्ञान पो हो त । ‘छेपाराले घोचो समाएझैं’ समाउने कुरा त होइन । अझ माओवाद भनेको त हिँडेको हिँड्यै गर्ने दर्शन हो । छापामार युद्धमा एकैठाउँ जमेर बस्न कहाँ सकिन्छ र ? आज माले मसाले मण्डलेको संयुक्त सरकार छ । मालेदखि मण्डलेसम्मलाई एउटै मोर्चामा ल्याउनु त आजको माक्र्सवाद हो । वादलजीले उताको बैठकमा मिलेराँवाद आजको माक्र्सवाद हो भनेर ठोकिदिनु भएच । एकदम ठिक भन्नुभो । त्यै भएर त हामी एकैठाउँमा उभिन सम्भव भएको हो (तररर ताली ) । ऐलेको जमानामा शास्त्रीय दर्शनले काम लाग्दैन । आफ्नो योजना अनुसार दर्शनलाई ढाल्न सक्नु पर्च । लेनिनका पालामा पार्टी कमिटीमा नेता कार्यकर्ता कम हुन्थे । त्यसैले बैठकमा समय विताउन आलोचना आत्मालोचनाको विधि विकास गर्नुभएको हो । अहिले पार्टी २१औं शताब्दीमा छ । कमिटी ठूलठूला भएका छन् । आलोचना–आत्मालोचना गर्ने समय छैन । फेरि अनावश्यक रूपमा सहयोद्धाहरूका नराम्रा कुरा कोट्याएर केही फाइदा छैन । कोट्याउँदै जाने हो भने त पेटभित्रको आची पनि त देखिन्च भनेर हामीले आलोचना गर्ने परिपाटीको अन्त्य युद्धकालमै गरेका थियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पार्टी झन् ठूलठूला भए । कमिटीको बैठक नै आमसभामा बदलिएको बेला लेनिनको विधि समात्नु भनेको जड्सूत्रवाद हुन्च । यी हेर्नुस् हामै्र कति ठूलो छ । संसदमा ६०१ छौँ । यता ६९९ । यसलाई चौध पन्ध्र सयसम्म पु¥याउने लक्ष्य राख्नु पर्च । साथीहरूले यो कुरा किन नबुझेको होला ! युद्धकालमा पनि त हामीले सानो समस्या हल गर्न ठूलो समस्यामा हात हाल्थ्यौँ । कमसेकम उता सांसद हुन नपाए पनि यता सिसिएम हुन पाइयो भनेर साथीहरूलाई आत्मसन्तुष्टि त मिल्च । त्यसो गर्नु अहिलेको लेनिनवाद हो ।
अहिले मेरा तिसौं वर्षदेखिका सहयोद्धाले मेरो आलोचना गर्नुभयो रे भन्ने सुन्चु । उहाँ मेरो लगौंटिया यार पनि हो । सुन्चु उहाँले त मलाई लगौंटी थुतेर फाल्यो भनेर आलोचना गर्नुभयो रे । यस्तो के कुरा ग¥या होला ? हिजो युद्धको चापमा भागदौड गर्दा लुगाफाटो सम्हाल्ने फुर्सद हुँदैनथ्यो । त्यसैले लगौंटी लगाउनु पथ्र्यो । थारू, मगर समुदायले पनि लगौंटी लाउँछन् । जनताभन्दा फरक पहिरनमा आफूलाई उभ्याउने बित्तिकै दुश्मन र जाली फटाहाले चिन्ने खतरा हुन्थ्यो । उनीहरूबाट बच्न जनताको भेषमा रहनु पथ्र्यो । हाम्रो उखान पनि त छ ‘देश अनुसारको भेष, कपाल अनुसारको केस’ । ‘कानो देशमा गए आँखा चिम्लनु, खोरो देशमा गए खुट्टा खोच्याउनु ।’ यतिखेर हामी सडकबाट सत्तामा पुगेका छौँ । युद्धका बेला जोजससँग वर्गसङ्घर्ष गथ्र्यौं अहिले तिनैसँग हातमा हात, काँधमा काँध मिलाउनु परेको छ । युरोप, अमेरिका जस्ता विकसित र ठूलठूला देशका महामहिमहरूसँग साथै बस्नु परेको छ । लन्च र डिनर खानुपरेको छ । यस्तो बेला लगौँटी लगाएर राउटेजस्तो भएर जाँदा के भन्लान् ? हामीलाई पाखे, गँवार, असभ्य भनेर हेप्दैनन् ? त्यसैले टाइसुटमा सजिएर उनीहरूका भन्दा पनि अझ चिल्लो–चाफुल्लो, हृष्टपुष्ट भएर खाइलाग्दो हुनु परेन ? हामी नेपालीलाई गोर्खे, बहादुर, भाडाका सिपाही भनेर कसरी हेप्छन् ? त्यसैले पनि उनीहरू भन्दा अझ सभ्य, भलाद्मी देखिनुपरेको छ । साथीहरूले यस्तो कुरै नबुझेर लगौंटी थुतेर फाल्यो भनेर आलोचना गर्ने ? मेरा गुरुले मलाई विचार–दर्शन–सिद्धान्तमा हिँडेन भनेर मलाई छोड्नुभो । उहाँ पनि कस्तो जड्सूत्रवादी हुनुहुन्च ? मलाई दिक्क लागेर आउँछ कहिलेकाँही । ‘गुरु गुड, चेला सख्खर’ हुन्च भन्ने कुरा कस्तो थाहा नपाएको उहाँले । गुरुले जे सिकायो त्यही बाटोमा हिँड्नुपर्च भन्ने हो भने माक्र्सवादको विकास कसरी हुन्च ? लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा चल्नुपर्च भनेको होइन ? हामी बाह«बुँदे सम्झौतामा अरू दलहरूसँग मिलेर जाँदा राजतन्त्र फाल्यौँ । अहिले उनीहरूलाई धोका दिएर एक्लै हिँड्न मिल्च ? धोकेबाज भनेर बदनाम गर्दैनन् ? फेरि बाह«बुँदेदेखि संविधानसभाको निर्वाचन गरेर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदासम्म गिरिजा बाबुसँग थुपै्र सहमति सम्झौता गरियो । अहिले गिरिजाबाबु हाम्रा सामू हुनुहुन्न । (भावुक हुँदै) उहाँ नभएपछि उहाँसँग गरेका सहमति लागू गर्ने एकमात्र व्यक्ति हुनुको नाताले मैले तिनलाई पूरा गर्न हदैसम्मको लचकता प्रदर्शन गर्नुपरेको छ । त्यसका लागि मैले जस्तोसुकै त्याग गर्न पनि सक्नुपरेको छ । सबै प्रकारको त्याग नगर्ने हो भने हामीलाई पत्याउँदैनन् । त्यसैले मैले लगौंटी त्यागेँ, लगौंटी लगाउने जनता, कार्यकर्ता त्यागेँ । ढिँडो, रोटी त्यागेँ । गाउँघरका झुप्रा–बुकुराका सेल्टर त्यागेँ । यो सबै भ्रान्तिकै लागि त हो नि । अहिले पुरानो माक्र्सवादी लेनिनवादी र माओवादी विचार त्याग्ने प्रतिवद्धता गर्न यहाँ उभिएका छौँ । अब त्यसको ठाउँमा हाम्रै माटोमा जन्मिएका गिरिजावाद, कमल थापावाद, गच्छदारवाद, केपीवाद, शेरबहादुरवाद, उखानटुक्कावाद, ठेकेदारवाद, डनवाद, तस्करवाद, दलालवाद, उतापट्टी करिस्मा भए यतापट्टी रेखावाद, सुमार्गीवाद जस्ता धुरन्धर वादहरूलाई हामीले आत्मसात किन नगर्ने ? त्यसमा वादलजीले पनि केही बाहिरका वाद मिलेराँवाद, हिटलरवाद, खु्रस्चेववाद, लिनप्याओवाद (स्मरण रहोस् वादललाई मैले पहिला मेरा विरुद्ध लाग्नुभो भनेर लिनप्याओवादी भनेँ र चुनवाङमा फिर्ता लिएको थिएँ तर उहाँ मेरा विरुद्ध नभई किरणका विरुद्ध षड्यन्त्र गरेकै हुनाले उहाँ अन्ततः लिनप्याओवादी नै हो) आदि लिएर आउनु भएको छ । मणिले ह्युगोवाद र मातृकाले त नेपाली माटोकै मधेशवाद लिएर आउनु भएको छ । गुरुङको जातिवाद, तिलकको दलितवाद, जयपुरीको निरासावाद, कृष्णदासको लम्पटदासवाद, सोनामको लात्तिहानवाद, पथिकको पैसाखाएर चुनाउहराउवाद, महेश्वर, पम्फा र हितमानहरूको खुराफातवाद, लेखनाथ, रामदिप, आले र कमलप्रसाद, लक्ष्मणहरुको अवसरछोपवाद आदिआदि वादहरूका बिचमा एकता भएको छ । यो एकता अधिवेशन भएकाले त्यो सबैलाई समेट्नु जरुरी छ । अरु त सबै नेपाली माटोकै वादहरू हुन् वादलजीको भने बाहिरको प¥यो । तैपनि हाम्रो अनुकूलको भएकाले त्यसलाई आत्मसात गर्नु जरुरी छ ।
हिजो मलाई विदेशी गुप्तचर संस्थाहरूसँग भेट गर्दै हिँड्यो, सिंगापुर, हङकङ, सिलगुढी कहाँ कहाँ एक्लै गयो भनेर आलोचना गरे साथीहरूले । धेरै साथीहरूलाई लिएर हिँडडुल गर्दा खर्चपर्च बढी हुन्छ । पार्टीले धान्न सक्दैन भनेर पो म एक्लै हिँडेको हुँ । संसारमा गुप्तरूपमा हिँडडुल गर्नेहरूका नाइकेहरूलाई मैले सजिलै चिन्न सकेँ । तिनीहरूका शीर्ष मान्छेहरूसँगै भेट गर्न सफल हुनु त हाम्रो पार्टी र भ्रान्तिका लागि गौरवको कुरा भएन र ? (ख्याल गर्नुहोला, मैले क्रान्तिको ठाउँमा भ्रान्ति शब्द प्रयोग गरेको छु । तपाइँहरू अचम्म मान्नुभा होला । किनकि अहिले क्रान्ति पुरा भएको र भ्रान्तिको फेज सुरु भएकाले मैले सचेतापूर्वक भ्रान्ति शब्द प्रयोग गरेको हुँ ।) यो त ठूलो उपलब्धी पो हो त । अझ वादलजीले त लालगद्दार र ‘रअ’को एजेन्टसम्म पनि भन्नु भो । खैर ठिकै छ । उहाँ पनि अहिले यहिँ त आउनु भो । सायद एक्लै भेट्यो भनेर उहाँको गुनासो थियो होला, अब उहाँलाई पनि साथै लिएर जाउँला । त्यो सबै मिलिहाल्च । त्यसैगरी ठेकेदार, ठूला पुँजीपतिहरू, उद्योगीहरू सम्भ्रान्तवर्गका मान्छेहरूसँग बढी साँठगाँठ ग¥यो भनेर साथीहरूले विनासित्तिमा मेरो आलोचना गरे । अहिलेका जनता भनेकै तिनै त हुन् । तिनलाई नभेटेर कसलाई भेट्ने ? उनीहरू हाम्रा अन्नदाता पनि हुन् । उनीहरू एकाबिहानै विस्तारामै भेट्न आउँचन् । सन्चो विसञ्चो सोध्चन् । खर्चपर्चको केही समस्या पो छ कि भनेर चिन्ता गर्चन् । विदेश जाने टिकटको व्यवस्था गर्चन् । ना–नातिनाहरूको पढाइलेखाइमा सहयोग गर्चन् । अब तपाईहरू भन्नुस् त के म उनीहरूसँग सम्बन्ध सुधार नगरेर कृतध्न बनुँ ? गँवार, पाखण्डी बनुँ ? उनीहरूलाई समेत पार्टीमा नहुलिकन समाजवादमा पुग्न कसरी सकिन्च ? रूपान्तरण भनेको के हो ? के उनीहरूलाई आफ्नो पार्टीको समर्थक, सुभेच्छुक, सल्लाहकार बनाउनु रूपान्तरण होइन ?
मलाई जनगणतन्त्रको लाइन छाडेर लोकतान्त्रिक गणतन्त्रको लाइन समात्यो भनेर पनि आलोचना भएको छ । अहिले नेपालमा जनवादी गणतन्त्रमा जाने भन्ने हो भने न त हामीलाई भारतले साथ दिन्च, न त अमेरिकाले । चुनाउ जितेर सबैभन्दा ठूलो पार्टी बनेर सरकार बनाउँदा त आतङ्ककारी भन्न छोडेनन् । चावी बुझाएपछि मात्र स्वागत गरे । संविधान जारी गरेपछि बल्ल पूर्ण विश्वास दिलाउन सफल भइयो । त्यसैले अहिलेको ठोस विश्लेषण भनेकै लोकतान्त्रिक गणतन्त्र हो । जहाँसम्म संविधानमा समावेसीको अधिकार दिने कुरा छ त्यो पनि सजिलै छ । सरकारमा श्रीमान् मन्त्री भए श्रीमती स्वतह समावेसी । कहिले श्रीमान् कहिले श्रीमतीलाई मन्त्री र सरकारी अवसरमा पु¥याएपछि त समावेसी भइगयो । त्यसो नगरे पार्टी छोड्ने धम्की आउँच । श्रीमान्ले चुनाव हारे पनि श्रीमतीहरू सरकारी उच्च ओहोदामा पुगेकै छन् । त्यसले उनीहरूको घरपरिवारदेखि पार्टीमा समेत ब्यालेन्स मिलाउन सजिलो पर्दोरहेच । यहि हो समावेसिता । वादल, गुरुङजीहरू फुटेर जानाले कसलाई घाटा भयो त ? आखिरमा यहीँ फर्कनु प¥यो । किरणजी र उहाँजस्तै पद नखोज्नेहरू जानु त ठिकै थ्यो । वादल गुरुङहरू किन किरणको पछि लाग्या होलान् भन्ने लाग्थ्यो । ढिलै भएपनि उहाँहरूले कुरा त बुझिहाल्नुभो गल्ती गरिएच भन्ने कुरा । बरू सबै महिला एक्लै बस्नु भएन । उमेर पुग्नासाथ नेता र उनका छोरा खोजेर पोइल गइहाल्नु प¥यो । बाबुआमाले अबसर पाए छोराछोरीलाई पनि पुगिहाल्च । अखिर देशका सबै जनता एकैचोटी मन्त्री सांसद हुने होइन । आलोपालो गर्ने हो, धैर्य गरेपछि एकपटक पालो आइहाल्च ।
अन्तमा, यो तेह्रबुँदे सहमति चानचुने मेहनतले बनेको छ र ? यसको लागि मैले विशेषगरेर बाबुरामले छोडेर गएदेखि बादललाई फकाउन निकै मेहेनत गरेको हुँ । त्यहाँका चारपाँच जना युवाहरूलाई त पहिलादेखि नै मैले खर्चपर्चको व्यवस्था गरेर किरणजीलाई दवाव दिन लगाएकै थिएँ । यता काङ्ग्रेस–एमाले र मधेसवादी दलहरूलाई आफ्नो पक्षमा पार्न कम्ता गाह«ो भएको छ ? धेरै मेहनतका साथ सफल भएको छु । मेरा दुःखले आज्र्याको सहमती साथीहरूले आलोचना गर्दैमा म छोड्छु र ! कदापि छोड्दिन । यो पनि मेरो हदैसम्मको लचकता हो । चार बर्स अघि मेरै घरबाट अलग भएर गए पनि अहिले सबैले पुरानो घर सम्झेर रुझेको बिरालो जस्तै भएर लुसुक्क फर्कनु भएको छ । बरू खुसीको कुरा के छ भने जाँदाखेरी किरणजीको नेतृत्वमा एउटै गुट भएर जानु भा’थ्यो अहिले फर्कंदा सातवटा गुट बनाएर आउनु भो । मणि र मातृका त पहिला नै अलग हुनुभा’थ्यो । उहाँहरू र हामी सहित दस गुटका बिचमा एकता भएको छ । यो धेरै ठूलो उपलब्धी हो । हिजो सँगै हुँदा हामी एमाओवादीमा थियौँ आज त्यसलाई छोडेर माके भएका छौँ । यो नित्तान्त नयाँ प्रयोग हो । अब हामी सबै नयाँ भयौँ । हिजो तपाइँ हामी विभिन्न गुटका पार्टीमा थियौँ । आज एउटै पार्टीमा भएकाले तपाइँहरू सबै सिसिएम हुनु भो म नेता भएँ । तपाइँहरू अब फिल्डमा जानुस् र अरु साथीहरूलाई सिसिमा भर्ति गर्नुस् । जति धेरै बनाउन सक्यो संसारमा सबै भन्दा ठूलो केन्द्रीय समिति हुन्च । सिसिएमको कुनै लिमिटेसन छैन । लिमिटेसन राख्नु पनि हुँदैन । हामीले चीन, भारत, अमेरिका जस्ता शक्ति राष्ट्रहरूलाई जित्नु छ । यो सिसिको निर्माणले दिनको सङ्केत विहानीले दिन्च भन्ने कुराको पुस्टि गरेको छ । धन्यावाद, दसरङ्गीसलाम ।
असार ५, २०७३