काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पमकमल दाहालले नौ महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए ।
नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष बनेका दाहालले शुक्रबार ब्यवस्थापिका संसदको त्यही रोष्टममा उभिएर ओलीलाई प्रधानमन्त्रीमा विश्वास नभएको भन्दै अविश्वासको प्रस्ताव पेश गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा (माके) र नेकपा संयुक्तले गत असार २९ गते प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष पेस गरेका थिए ।
सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराइन् ।