नेपाली समाजको विशेषता वर्गीय नै भएकाले नेपाली जनतालाई चाहिएको वर्गीय सत्ता नै हो । सोको प्राप्तिका लागि वर्गीय आन्दोलनको जरुरी छ । यसको नेतृत्व कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । कम्युनिस्ट पार्टीको स्थापना यही ध्येय प्राप्तिका लागि हो । तथापि यसको स्थापना कालदेखि टुटफुट र विभाजनले घर गर्दै आएको छ । यही कारणले यसको सकार र नकार असर आम जनतामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परिरहेको छ । यसको प्रतिबिम्ब नेता तथा कार्यकर्तामा पनि परेको छ ।
२०५२ सालमा जनयुद्धको उद्घोष गरियो । त्यो महान् ऐतिहासिक कार्य पनि थियो । दश वर्षको भीषण रुपान्तरणको प्रक्रियाले आम नेपाली जगतलाई जागृत तुल्यायो । यो जागरणको असर विश्वभरका सर्वहारा वर्गदृष्टिकोण राख्ने जनतामा प्रत्यक्ष प¥यो । नेपाली कम्युनिस्ट पार्टीले आशावादिताको सञ्चार गरायो । देशी विदेशी कम्युनिस्ट विरोधीहरुलाई चुनौतिको कठघरामा उभ्यायो । यो उनीहरुलाई अन्तर हृदयदेखि नै महशुस भयो ।
जब पुरानो सत्ता अन्तिम, जर्जर र ढल्ने अवस्थामा पुग्यो, तब षड्यन्त्र पनि त्यही उचाइँमा हुँदै गए । पर्दै गएको चर्को सङ्कट समाधानका नाममा पुरानो सत्ता निरङ्कुश बन्दै गयो । राजतन्त्र हाबी हुँदै गयो । संसद्वादीहरु बिस्थापित हुँदै गए । निरङ्कुश सत्ता र विद्रोही सत्ताको राजनीतिक तथा फौजी अवस्था हाराहारीमा पुग्यो । यसलाई विद्रोही पक्षले रणनीतिक सन्तुलन नामाकरण ग¥यो । निर्णायक विजयका लागि क्रान्तिकारीहरुलाई पनि शक्ति सञ्चित गर्नु पर्ने आवश्यकता र पुरानो सत्ताधारीलाई पनि शक्ति सञ्चय गर्नु पर्ने आवश्यकता आई प¥यो । यस्तो परिस्थितिमा शान्तिवार्ताद्वारा अघि बढ्नुलाई स्वभाविक मान्न सकिन्छ । तर पुरानो सत्ता बिघटनको स्थितिबाट पुनर्संगठित हुनु र जनयुद्धका उपलब्धी छोड्दै जानु, आन्दोलनबाट प्राप्त उपलब्धी जनताको अधिकार सुनिश्चित नहुँदै विघटित र विसर्जित गरिनु माओवादी पार्टीको गम्भीर गल्ती बन्न गएको छ ।
संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पार्टी सबैभन्दा ठूलो बन्न पुग्यो । सत्ता पूर्ण रुपमा आफ्नो हातमा नआए पनि सरकारमा पुगेर जनताका मागहरुलाई यथोचित रुपमा सम्बोधन गर्न सकिएन । वर्गदृष्टिअनुरुप सरकार सञ्चालन गरी वर्गलाई उत्साहित गर्न सकिएन । जनताका एजेन्डाहरुलाई सरकारमार्फत् लागू गर्न सकिएन । बरु विस्तारै पार्टीको रुपरङ्ग र यसको चरित्र बदलिन थाल्यो । पार्टी नेताले नै आफ्नो वर्ग क्रमशः बदल्न थाले । अब सहज रुपमा बुझिदै र ग्रहण गर्दै आएको पार्टीको गन्तव्यलाई सामान्य रुपमा बुझ्न नसकिने अवस्था बन्न पुग्यो ।
यसको व्यक्त परिणामको रुपमा विचार, नेतृत्व र झण्डाको रक्षाका लागि किरणको नेतृत्वमा पार्टी विभाजन भयो । यी कुरा प्रचण्डको नेतृत्वबाट संभव र अपेक्षित थिएनन् पनि । अलग पार्टी निर्माण र जिम्मेवारी बहन चानचुने कुरा थिएन । सेटब्याक खाएको माओवादी आन्दोलनलाई पुनर्गठन गर्नु कम गाह्रो काम थिएन पनि । तथापि पार्टीले क्रमशः लक्ष्य अनुरुप गतिलिन थाल्यो । दुःखद् कुरा, एक/डेढ वर्षको अन्तरालमै विप्लवको नेतृत्वमा पार्टी विभाजन भयो । क्रान्तिकारीहरु किरणको नेतृत्वबाट अलग रहने स्थितिको सिर्जना हुनु राम्रो थिएन पनि । फूट र विभाजनको औचित्य साबित नगर्दै वा नहुँदै त्यसो गरिनु राम्रो थिएन पनि ।
तर त्यतिले नपुगेर भर्खरै बादलको नेतृत्वमा भएको विभाजनले साङ्गठनिक रुपमा थप क्षति पु¥यायो । यसले अर्को तीतो र नमीठो अर्को जीवन्त भोगाइमा पु¥यायो । यसले आत्मगत रुपमा  भिन्न परिवेश निम्त्यायो । आफैं लामो इतिहास निर्माणका प्रत्यक्ष कर्ता रहेका हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष किरणका अगाडि यस्ता भोगाइहरुका श्रृङ्खला नै रहेका छन् । यी क्रिया÷प्रतिक्रिया र आरोह÷अबरोह उहाँका जीवनमा सामान्य जस्तै बनेका छन् र होलान् पनि ।
एक जीवन्त कम्युनिस्ट पार्टीमा तीनओटा प्रवृत्तिहरु जहिले पनि टकराइरहेका हुन्छन् । ती कहिले वामवृत्तबाट, कहिले मध्यवृत्तबाट र कहिले दक्षिणवृत्तबाट आइरहन्छन् । क्रान्तिकारीले यी तीनओटै प्रवृत्तिमाथि विजय हासिल गरेर अगाडि बढ्नु जरुरी हुन्छ र पर्छ पनि । हाम्रो पार्टीको नेतृत्वलाई इङ्गित गरेर भन्ने गरिन्छ किरणको नेतृत्वमा क्रान्ति हुँदैन या सम्भव छैन । अझ आरोप लागाइन्छ कि किरणले क्रान्ति गर्न सक्दैनन् । अर्को तर्फ भन्ने गरिन्छ– अहिले साम्राज्यवादी शक्ति बलियो छ त्यसैले क्रान्ति हुँदैन । यी र यस्ता आक्षेपहरु हिजो, आज र भोलि लागिरहने आरोपका विविध रुपहरु मात्र हुन् । यो कुरा सजिलै बुझ्न सकिन्छ ।
कम्युनिस्ट बन्नु आफैमा चुनौतिपूर्ण कुरा हो । यो त जीवन मरणको सङ्घर्षको कुरा हो । कम्युनिष्ट जीवन त्याग र बलिदानको यात्रा हो । त्याो भनेको भूमरीमा उभिनु हो, आँधीसँग जुध्नु र मृत्युसँग आँखा जुझाउने आँट गर्नु पनि हो । त्यसैले, अन्तिमसम्म कम्युनिस्ट क्रान्तिकारी बनिरहने कि नरहने भन्ने कुरा हरेक कम्युनिस्ट नेता र कार्यकर्ताका लागि एक अग्नि परीक्षा पनि हो । यसको सही जवाफ आजका मितिमा आएर पनि किरणले दिनसक्नु आफैमा एक महानता पनि हो । त्यसैले आज क्रान्तिकारीहरु किरणको यस महानतालाई तारिफ गर्छन् । फरक यत्ति हो, कसैले साथ दिएर, कसैले पक्षपोषण गरेर त कसैले अलि पर र कसैले नजिकबाट नियाल्छन् । तर पनि किरणले समाएको बाटोमा जीवनभर हिंड्न निकै कठिन पनि छ, सच्चा क्रान्तिकारी बाहेक ।  
अब के गर्नुपर्ला ? यसको जवाफ किरणसँग रहेको मेरो बुझाइ र अनुभूति पनि हो । क्रान्ति भनेको कला र विज्ञानको संयोजन हो । इमान, दृढता, प्रतिबद्धता र वैज्ञानिकताको समिश्रण हो । अवश्य यो कुरा अध्यक्ष किरणबाट सम्भव छ । यसले मूलधार निर्माण गर्दै छ । किरणको इमान, दृढता र प्रतिबद्धतामा शङ्का छैन । क्रान्ति गर्नको लागि पहिलो शर्त भनेको मालेमावादी सही विचारको मार्गदर्शनमा फलामे अनुशासन भएको पार्टी निर्माण गरिनु हो । दोस्रो पक्ष भनेको क्रान्तिकारी राजनीतिको आधार आर्थिक पक्ष हो । आज माओवादीमा विघटनको अवस्था आउनुमा यो पक्ष मुख्य जिम्मेवार हो कि भन्ने लागिरहेको छ । यो देखाइ र भोगाइजन्य अनुभूति हो । आज नेकपा (क्रान्तिकारी माओवादी) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई विजयको गन्तव्यमा डो¥याउनु छ । छरिएर रहेका इमान्दार क्रान्तिकारीहरुलाई आशावादिताको किरण छर्दै गोलबन्द गर्नुछ । विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुमाझ क्रान्तिकारी सन्देश प्रवाह गराउनु छ । यो ऐतिहासिक दायित्व यो पार्टीको काँधमा आएको अवश्य हो ।
अन्तमा,
उठ हे ! क्रान्तिकारीहरु फेरि जाग्नेबेला भो ।
जुट हे ! किसान मजदुर बिहानीको प्रहर यो ।
तिमी नउठे को उठ्ने, तिमी नजागे को जाग्ने ?
रातभरिको अनिदो आँखा मिच्दै भएपनि उठ !
अर्को अन्धकारको रातलाई छिचोल्न कसम खाँदै जुट
तिमीलाई जिस्काउन खोज्नेलाई खबरदारी गर्न उठ
विचारको आदर्श बोक्दै फेरि सपना बाँड्न जुट
सत्यको तीतो यथार्थतालाई बोक्दै उठ
सत्य र असत्यको सङ्घर्षमा विजय हासिल गर्न जुट
मृत्युपत्रमा हस्ताक्षर गर्दै मृत्युसँग आँखा जुधाउन उठ
कालसँग झुकेर आत्मसमर्पण होइन, काल भगाउन जुट
फेरि एकपटक मृत्यु वा मुक्तिको कसम खान उठ
सबैखाले उत्पीडनको अन्त्य गरी जनताको सत्ता ल्याउन जुट

प्रतिक्रिया

सम्बन्धित खवर