Kabul-Attcakकाठमाडौं । काबुलमा तालिवान विद्रोहीको आक्रमणमा परि घाइते एक नेपालीको मृत्यु भएको छ ।

सोमवार काबुलमा तालीवानीले गरेको आक्रमणमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको थियो भने ७ नेपाली घाइते भएका थिए । गम्भीर घाइते च्याङबा तामाङको बुधबार निधन भएको हो । 

१२ नेपालीको शव बुधबार नेपाल वायुसेवा निगमको विमानबाट नेपाल ल्याइएपछि च्याङवाको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । च्याङवाको मृत्युसँगै काबुलमा आक्रमणमा परि मृत्यु हुने नेपालीको संख्या१३ पुगेको छ ।

सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने अरु ७ जना घाइते थिए । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ । च्याङ्बा र अर्का एक घाइतेको भने अफगानिस्तानकै अस्पतालमै उपचार भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर