काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले संचार मन्त्रीले ल्याएको अनलाईन निर्देशिका खारेज गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डिजिटल मिडिया विभागद्धारा काठमाडौंमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा रिजालले निर्देशिका खारेजी नै पहिलो विकल्प रहेको औल्याएका हुन् ।
हुँदै नभएको अधिकार छ भनेर निर्देशिका बनाउन कसैले पनि नपाउने नेता रिजालको भनाई थियो । डा.रिजालले स्वतन्त्र प्रेस माथि अंकुस लगाउने निर्देशिका ल्याउने वर्तमान मन्त्री शेरधन राईको क्षमता जनतामाझ स्पष्ट भएको उल्लेख गरे ।
उनले अनलाईन सरकारले बन्देज गर्नुपर्ने तर संचार गृहमा बन्देज लगाउन नहुने पनि बताए । आफूले आजको संसद बैठकमा निर्देशिकाको विषयमा विरोध जनाउने पनि रिजालले प्रतिबद्धता जनाए ।
कार्यक्रममा पत्रकारहरुले यस्तो निर्देशिका कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । उनीहरुले सरोकारवाला निकाय अनलाईामा स्पष्ट नहुदा समस्या आएको औल्याए ।