Okinawa protests agnist US Armyएजेन्सी । जापानको ओकिनावामा अमेरिकी सेनाका विरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । एक अमेरिकी सेनाले २० वर्षीय जापानी युवती रीना शिमाबुकुरोलाई बलात्कारपछि हत्या गरेकोमा आक्रोशित बनेका जापानीहरुले अमेरिकी सेनाविरुद्ध प्रदर्शन गरेका हुन् ।

महिला बलात्कार गरी हत्या गरिएपछि ओकिनावाबासी अमेरिकी सेनासँग आक्रोशित बनेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई ओकिनावाबाट हटाउनुपर्ने माग गरेका प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई ओकिनावाबाट हटाउनुपर्ने माग गरेका छन् । 
तर, जापान सरकार र अमेरिकाले दुवै देशको सैन्य गठबन्धनका लागि उक्त टापुमा अमेरिकी सेना रहनु महत्वपूर्ण विषय भएको बताउँदै आएका छन् ।

चीन लगातार आक्रामक बनिरहेको अवस्थामा दुई देशका सेनाबीच सहकार्य हुनुपर्ने उनीहरुको बुझाई छ । तर सर्वसाधारणले भने अमेरिकी सेना फिर्ता हुनुपर्ने अडान कायम राखेका छन् । जापानको ओकिनावामा २६ हजार अमेरिकी सेना रहेको छन् । 

यी अमेरिकी सेना जापानको ओकिनावामा बसेर आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । अमेरिकी सैनिकको यो अड्डाले ओकिनावा द्विपको करिब २० प्रतिशत क्षेत्रफल ओगटेको छ ।

प्रदर्शनकारीहरुले आफूहरुको धैर्यताको सीमा टुटिसकेको भन्दै अमेरिकी सेनाविरुद्ध चर्का नाराबाजी गरेका थिए । ओकिनावा निवासी ७१ वर्षीय चिहिरो उचिमुराले भने, ‘म धेरै दुःखी छु र अब कोही अमेरिकी सेनाको सिकार हुन भन्ने चाहन्न । जहिले सम्म यहाँ अमेरिकी सेना रहन्सम्म यहाँ अमेरिकी सेना रहन्छन् तबसम्म यस्ता घटनाहरु घटिरहन्छन् ।’

जापानी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा एक ३२ वर्षीय अमेरिकी सैनिक गत महिना पक्राउ परेका थिए । सन् १९९५ मा तीन अमेरिकी सेनाका जवानहरुले एक १२ वर्षीय जापानी बालिकामाथि बलात्कार गरेको घटनापछि अमेरिकी सेनाको विषयमा गम्भीर प्रश्न र विवाद रहँदै आएको छ । जापानको ओकिनावा दोस्रो विश्वयुद्धपछि २७ वर्षसम्म अमेरिकाको कब्जामा रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर