यूरो कप फुटवलः आयरल्याण्ड ३–० ले पराजित, बेल्जियम दोस्रो चरण प्रवेशको सम्भावना

प्रकाशित मिति : २०७३ असार ४

emilempenzaकाठमाडौं । फ्रान्समा जारी युरो कप अन्तर्गत समूह ई को शनिबार भएको पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई हराउँदै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

पहिलो खेलमा इटलीसँग पराजित भएको बेल्जियमले समूहको दोस्रो खेलमा आयरल्याण्डलाई ३(०ले पराजित गर्दै युरो २०१६ अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायम राखेको छ । उसका लागि रोमेलु लुकाकुले दुई गोल गरेका थिए।

पहिलो हाफमा आयरल्याण्डले बेल्जियमलाई गोलरहित बराबरीमा रोके पनि बेल्जियमले दोस्रो हाफमा तीन गोल गर्‍यो। दोस्रो हाफको ४८औं मिनेटमै लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

६१ औं मिनेटमा एक्सल विठसलले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। ७० खेलको औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियमले ३–० को अग्रता बनायो र त्यसलाई कायम राख्दै युरो २०१६ मा पहिलो जित हात पार्दै तीन अंक जोडेको छ ।

यसअघि नै लगातार दुई खेल जित्दै इटाली समूह ई बाट अन्तिम १६ मा प्रवेश गरिसकेले अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्दै दोस्रो चरण प्रवेशबारे निर्णय गर्नेछ। स्वीडेनलाई पराजित गरे वा बराबरी खेलेपनि बेल्जियम अघिल्लो चरणमा पुग्नेछ।