पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाकपको सेमिफाइनलमा

प्रकाशित मिति : २०७३ असार ४

Colambia goalकाठमाडौं । कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले खेल आफ्नो पक्षमा पारेको हो । फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ ।

यसअघि नै सेमिफाइनलमा पुगेको अमेरिकाले अर्नेन्टिना र भेनेजुएलाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।